विदेशमा सहयोग जुटाउंदै बैरेनीका भुकम्प पिडितको लागि राहत

839 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1509689_454210534747001_4873422483582979007_nबैरनी –बैशाख १२ गते गएको महा भुकम्प परेका पिडितहरुलाई राहत सहयोग उपलब्ध गराउने उद्धेश्यका साथ धादिङको बैरेनी गल्छी घर भई हाल दुबईमा रहेका राजकुमार ढकाल र अस्ट्रेलियामा रहेका रामकुमार श्रेष्ठले साथीहरुको सहयोग लिएर राहतका लागि रकम जुटाएका छन ।
10985249_454214484746606_3419887233262439461_nसर्पोट फर्म नेप्लिज लाउनस्टन अष्ट्रेलिया Support from Nepalese in Launceston,Australia  लगायतको सहयोगमा ५ लाख २५ हजार रकम जुटाएर साकार कृषी सहकारी संस्था गल्छि तथा आर एस नेपाल सस्था मार्फत गाउँ गाउँमा राहत सामाग्री बितरण गरिएको सहकारीका अध्यक्ष सन्तोष अधिकारीले बताउनुभयो । यसरी जुटाईएको सहयोग मार्फत बैरेनी गा वि सका हाल सम्म राहत नपुगेको वडा नं ८ को छत्तीवनटारमा ९० घर परिवारलाई प्रति परिवार १ बोरा चामल त्रिपाल दाल नुन मैनबत्ती सलाई वितरण गरिएको छ । त्यसै गरी बैरेनी गा वि स वडा नं ४ को कोईलीखर्कका भुकम्प पिडित ९० घर परिवारका लागि सोलार लाईट तथा खाद्यान्न वितरण गरिएको थियो ।