गोरखाको बुङकोटमा भुकम्पको अन्तेष्टि

487 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा-गोरखा जिल्लाको बुङकोट ९ मैलुङका स्थानीयले भुकम्पको बारम्बारको झटकाले त्रसीत बनाएको भन्दै आज महाभुकम्पको अन्तेष्टी गरेका छन् । परालकोे पुत्ला बनाएर झण्डै ५ सय महिला पुरुष शब यात्रा गर्दे २ किलो मिटर पर लगेर भुकम्पको अन्तेष्टि गरेका हुन् । महाभुक्पको प्रतिकको रुपमा बनाइएको पुत्ला महिलाहरुले बोकेका थिए भने पुरुषहरुले एकोहोर शंख फुकेको स्थानीय कोपीला अम्गाईले जानकारी दिनुभएको छ ।स्थानीय बालबालीका बढी त्रसीत भएरकाले मनको सन्तोषको लागि आफुहरुले महाभुकम्पको अन्तेष्टी गरेको गाँउलेहरुको भनाई छ । पुत्ला बनाएर अन्तेष्टी गरेपछि आफुहरुको पीडा कम भएको महसुस भएको पनि उनिहरुले बताएका छन् । भुकम्पको कारण बुङकोटमा पनि ठुलो भौती क्षति भएको छ ।