राहत वितरण कार्यक्रममा धादिङ सम्पर्क मञ्च चितवन सक्रिय

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सामाजिक सेवाको क्षेत्रमा निकै सक्रिय संस्था “धादिङ सम्पर्क मञ्च चितवन’’ भूकम्पबाट आपत, विपतमा परेको समयमा राहत वितरण कार्यमा पनि निकै सक्रिय देखिएको छ । मञ्चले महाभूकम्पमा आफ्नो सेवालाई प्रभावकारी बनाउन महाभूकम्प आपतकालीन राहत समिति, महाभूकम्प आपतकालीन उद्धार समिति, महाभूकम्प आपतकालीन उपचार सहयोग समिति समेत गठन गरी राहत, उद्धार तथा उपचारमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । मञ्चले विभिन्न व्यक्ति, संघ– संस्थाहरुसाग सहकार्य गर्दै धादिङ जिल्लाको त्रिपुरेश्वर, ज्यामरुङ, निलकण्ठ, फूलखर्क, नलाङ, सुन्दरबजार, सलाङ, सल्यानटार लगायत धादिङ जिल्लाको विभिन्न ठाउाहरुमा र अन्य जिल्लाहरुमा समेत राहत तथा उद्धार कार्यक्रम गरिरहेको छ । चितवनको नारायणी सामुदायिक अस्पतालसाग सहकार्य गरेर धादिङ जिल्लामा महाभूकम्पबाट घाइते भई बिचल्लीमा परेका बिरामीहरुलाई नि:शुल्क रुपमा एम्बुलेन्सको व्यवस्था सहितको नि:शुल्क उपचारको व्यवस्था मिलाएको छ । अन्य अस्पतालहरुमा उपचाररत बिरामीहरुलाई समेत नयाा ठाउामा उपचारमा पर्न सक्ने अप्ठ्याराहरुमा साथ दिादै उपचारलाई सहज बनाउने उद्देश्यले विशेष सहयोग कार्यक्रम सञ्चालन गरिरहेको मञ्चका सचिव जयराम पाठकले जानकारी दिनु भयो । नारायणी सामुदायिक अस्पतालमा उपचाररत बिरामी र तिनका कुरुवाहरुलाई यस सम्पर्क मञ्चका कार्यसमिति सदस्य उमेश थापाको संयोजकत्वमा श्री सत्य साई केन्द्र, भरतपुरको सहकार्यमा नि:शुल्क खानपानको व्यवस्था मिलाएको छ । यस आपतकालीन अवस्थामा राहत, उद्धार तथा उपचार कार्यक्रम सञ्चालन गर्न सम्पर्क मञ्चसाग सहकार्य गरी यो आपतकालीन अवस्थामा हातेमालो गर्नु हुने सम्पूर्ण व्यक्ति, संघ–संस्थाहरुप्रति सम्पर्क मञ्चका अध्यक्ष किरण बुर्लाकोटीले आभार व्यक्त गर्दै यस्तो आपतकालीन अवस्थामा सबैलाई आ–आफ्नो तर्फबाट जतिसक्दो सहयोग गर्न उहाले सबैलाई अनुरोध गर्नु भयो ।