जातिय बिभेद उन्मुलन दिवस मनाइदै

684 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ,२१ जेठ ( धादिङ न्युज ) । जातिय विभेद उन्मुलन दिवस आज मनाइदैछ । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको ७ बर्ष पुगेको छ । सातबर्ष अगाडि देखि आजकै जेठ २१ गतेको दिनलाई ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएको हो । जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि मनाइदै छ । राष्ट्रिय सभागृहमा आज सबै राजनीतिक दलका उच्च नेताहरुको सहभागितामा कार्यक्रम हुँदैछ । २०६३ साल जेठ १८ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार हरेक बर्ष जेठ २१ गतेलाई जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाउन थालिएको हो । नेपालको जनसङ्ंख्याको एक चौथाई हिस्सा ओगटेका नेपाली दलित समुदायमाथि करिब ३५ सय वर्षदेखि थोपरिदै आएको जातीय छुवाछूत तथा भेदभाव भने अझै पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछूतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको र राष्ट्रिय दलित अधिकार आयोगको व्यवस्था गर्न बनेको विधेयक पारित गरिसकेको छ । जनआन्दोलनपछिको पुनस्र्थापित संसदले २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरेको थियो ।