उपराष्ट्रपति झा चीनको औपचारिक भ्रमणमा जादै

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ,२१ जेठ ( धादिङ न्युज ) । उपराष्ट्रपति परमानन्द झा आजदेखि चीन भ्रमणमा जादै हुनुहुन्छ । दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा दिउँसो चीन भ्रमणमा जानुहुनेछ । आज व्यापार मेलामा भाग लिन चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी कुनमिङतर्फ प्रस्थान गर्ने उपराष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति झा आज दिउँसो ३ बजेपछि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति झा कुनमिङमा आयोजना हुने प्रथम दक्षिण एसियाली व्यापार मेलामा सहभागी हुनुहुनेछ । कुनमिङबाट चीनको राजधानी बेइजिङ जानुहुने र त्यहाँ चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति झा बेइजिङबाट चीनको औद्योगिक महानगर साङघाइ हुँदै जेठ २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । उपराष्ट्रपतिका साथ उहाँकी धर्मपत्नी नविना झा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेल, नायव शिष्टाचार महापाल नारायण मैनाली लगायत रहनुहुनेछ ।