ओबामाकी छोरीसँग बिहे गर्न अनौठो प्रस्ताव

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

५० गार्इ, ७० भेडा र ३० बाख्रा दिने प्रस्ताव
एजेन्सी :  केन्याका एक वकिलले अमेरिकी राष्ट्रपति बराक ओबामाकी १६ वर्षीया छोरीसँग बिहे गर्नका लागि अनौठो प्रस्ताव गरेका छन् ।

मंगलबार प्रकाशित समाचार अनुसार केन्याका वकिलले अमेरिकी राष्ट्रपतिकी छोरी मालियासँग बिहेका लागि ५० गार्इ, ७० भेडा र ३० वटा बाख्रा दिने प्रस्ताव गरेका हुन् ।

felish kiprono_Maliya obamaनैरोबियन अखबारलार्इ दिएको अन्तरबार्तामा फेलिक्स किप्रोनोले सन् २००८ मै आफू ओबामाकी छोरीप्रति आकर्षित भएको बताएका छन् । ‘२००८ मा मलार्इ पहिलो पटक उनीसँग बिहे गर्ने इच्छा जाग्यो’, उनले भनेका छन्।

त्यो बेला ओबामा पहिलो पटक राष्ट्रपति पदका लागि चुनाव लडिरहेका थिए । त्यो बेला मालिया केबल १० वर्षको उमेरकी थिइन् ।

किप्रोनोले आफू अहिलेसम्म कोहीसँग डेट नगएको पनि दाबी गरेका छन् । ‘जहाँसम्म तथ्यको  कुरा छ, मैले आजसम्म कसैसँग डे गएको छैन’, उनले भनेका छन्, ‘म उनीप्रति पूरा बफादार बनेर जीवनयापन गर्ने प्रतिवद्धता जनाउँछु ।’
उनले ओबामाकी छोरीसँग बिहे गर्न आफ्नी छोरीसँग कुरा गरिसकेको जनाउँदै दुलहीका लागि जस्तोसुकै मूल्य चुकाउन आफ्नो परिवार तयार रहेको बताएका छन् ।

केन्याका वकिलको अबको लक्ष्य ओबामाकी छोरीसँग बिहेका लागि प्रस्ताव राख्नु रहेको छ । आगामी जुलार्इमा केन्या भ्रमणमा आउँदा ओबामाले आफ्नी छोरी मालियालार्इ पनि साथमा ल्याउने विश्वास गरेका छन् । ओबामाका पिता पनि केन्याली नागरिक नै थिए ।

ओबामाकी ९० वर्षीया केन्याली हजुरआमा पश्चिमी केन्याको कोगेलामा अहिले पनि बसिरहेकी छन् । यसका साथै अमेरिकी राष्ट्रपतिका अन्य नातागोता पनि केन्यामै बस्दै आएका छन् ।

फेलिक्स किप्रोनोले मालियालार्इ साथमा लिएर केन्या आउनका लागि ओबामालार्इ खुल्ला पत्र लेख्ने भएका छन् । उनले आफूले पठाउने पत्र ओबामासम्म पुग्ने पनि विश्वास लिएका छन् ।

किप्रोनोले आफ्नो नजर ओबामाको सम्पत्तिमा नरहेको जनाउँदै मालियालार्इ बिहे गर्नेमात्र आफनो लक्ष्य रहेको उल्लेख गरे ।

‘मानिसलार्इ लागिरहेको होला कि मेरो नजर ओबामाको सम्पत्तिमाथि छ’, उनले भने, ‘यथार्थ यस्तो होइन म ओबामाकी छोरी मालियासँग साँचो माया गर्छु ।’

किप्रोनोले भविष्यको कल्पना गर्दै मालिया ओबामालार्इ जोडी बनाएपछि सादा जीवन बिताउने लक्ष्य आफूले लिएको बताएका छन् । ‘म मालियालार्इ गार्इ दूध दुहुन र उमाल्न पकाउन सिकाउँछु’, उनले भने, ‘यसका साथै यहाँका अन्य महिलाले गर्ने काम पनि सिकाउँछु ।’

एजेन्सी