महासंघद्वारा विस्थापितहरुको शिविरमा शौचालय निर्माण

641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

,??????????????????????????????? धादिङ-जेठ २२ विश्व बातावरण दिवस । बन र बातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुले विविध कार्यक्रम गरि बातावरण दिवस मनाएका छन । यसैक्रममा सामुदायिक बन उपभोक्ता महासंघ धादिङ (फेकोफन)ले पनि गतै बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पका कारण विस्थापित भएर बसेको अस्थायी शिविरहरुमा शौचालय निमाण गरिदिएर तथा सरसफाइका सामाग्रीहरु प्रदान गरेर विश्व वातावरण दिवस मनाएको छ ।
भुकम्पका कारण धादिङको उत्तरी क्षेत्रका धेरैजसो बस्तीहरु जोखिममा परेको र केही गाउँका पुरै स्थनियहरु अहिले सदरमुकाम नजिकैको खुल्ला ठाउँमा आएर बसिरहेका छन । विस्थापित भएर बसेका शिविरहरुलाइ स्वास्थ्य र सरसफाइको क्षेत्रमा सहयोग पु¥याउनको लागि बातावरण दिवसको अवसर पारेर शौचालय निर्माण गरिदिएको सामुदायिक बन उपभोक्ता महासंघ धादिङका स्थायी समिति सदस्य रन्जित सिलवालले जानकारी दिनुभयो ।
सामुदायिक बन उपभोक्ता महासंघ धादिङद्वारा सन्चालित हरियो बन कार्यक्रम अन्तरगत जिल्ला भुसंरक्षण कार्यलय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धादिङको सहयोगमा उत्तरी क्षेत्रबाट विस्थापित भइ बसेका तीनवटै शिविरमा महिला र पुरुषहरुको लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण गरिदिएको छ ।
विस्थापित भएर बसेको बस्तीमा खानेपानी र शौचालयको अभावमा विभिन्न रोगहरु देखापरि विरामी पर्न सक्ने भएकाले त्यसबाट बच्नको लागि शौचालय निर्माण गरिदिएको सरसफाइको लागि साबुन मन्जन र ब्रसहरु प्रदान गरिएको थियो । कार्यक्रममा बौल्दै सामुदायिक बन उपभोक्ता महासंघ धादिङका अध्यक्ष भक्त बहादुर सिंखडाले गाउँ नै छोडेर आउनुपरेको पिडा भएपनि अहिले बसोबास गरिरहेको अस्थायी शिविरमा फोहोरमैला नगर्न र वरपरको बातावरण स्वच्छ र सफा राख्नको लागि स्थायिनहरुसंग आग्रह गुर्नभएको थियो ।