ब्याज छुट दिन गोरखाका व्यावसायी द्वारा माग

478 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal
गोरखा– गोरखाका व्यववसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज छुट दिन माग गरेका छन् । भुकम्पबाट प्रत्यक्ष प्रभावित भएका व्यवसायीहरुलाई वित्तिय संस्थाहरुले बैशाखदेखी असारमसान्त सम्मको ब्याज छुट दिनुपर्ने उनिहरुको भनाइ छ । जिल्लाका व्यवसायीहरुको छाता संस्था गोरखा उद्योग वाणिज्य संघले सदरमुकाममा पत्रकार सम्मेलन गरि भुकम्पका कारण व्यवसाय चौपट भएकाले जिल्लका उद्योगी व्यवसायी समस्यामा परेको बताएको हो । संघले बैशाख १२ गतेको भुकम्प पछि जिल्लामा उद्धार र राहतको काम गरिरहेका अध्यक्ष श्रवण कुमार जोशीले बताऊनुभयो । त्यस्तै संघका महासचिव भगवान बाबु मास्केका अनुसार जिल्लाका आरुघाट, भच्चेक र बालुवा बजारको पुननिर्माणका लागि विभिन्न गैर सरकारी संस्था मार्फत पहल थालिएको छ ।