अमेरिकामा नेपाली भाषा संस्कृतिको जगेर्ना गरिरहेका आचार्य

870 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 अरूण खत्री नदी

unnamedअमेरिकाको मेरिल्यान्डमा  रहेर साहित्य, संस्कृति र परम्पराको संरक्षण गर्न निरन्तर लागिरहने व्यक्ति हुन् – केशव आचार्य । वि.स २०३८ वैशाख १ गते पीपलडाँडा ५, पाल्पामा पिता रामचन्द्र शर्मा र माता राधिका देवीको चौथो सन्तानको रुपमा जन्मिएका आचार्य बाल्यकाल देखि नै निकै नै चलाख थिए ।

कला र साहित्यको क्षेत्रमा सानैदेखी रुचि राख्ने यिनी पढाइमा पनि अग्रपत्तिमानै आउथे, स्कुले जिवनमा कविताबाट आफ्नो यात्रा सुरु गरेका यीनको २०५१ सालमा युवामन्च मासिकमा ‘मोफसलमा नेपाली साहित्यिक पत्रिकाको नालिबेली’ शिर्षकमा लेख प्रकाशित भएपछाडी औपचारिक रुपमा कलम चलाउन सुरु गरे ।

स्वास्थ्य, शिक्षण र समाजसेवामा लागेका परिवारका सदस्यहरूबाट सधैं राम्रो काम गर्न पर्छ भन्ने पाठ सिके । यिनले आफ्नो दाजु नारायण आचार्यबाट सधैं हौशला, सुझाब पाईरहे । विभिन्न सामाजिक संघसंस्थाहरूमा नेत्तृत्व समेत सम्हाल्दै समाजसेवामा लागिरहे । सानै उमेरबाट रेडियो नेपालका हरेक साहित्यिक, सामाजिक कार्यक्रमहरू नछुटाई सुन्ने, पत्रपत्रिकाहरू पढ्ने यिनको बानीले साहित्यको क्षेत्रमा केहि गर्ने उत्पेरणा मिल्न पुग्यो । क्याम्पसका युवाहरूलाई जम्मा पारेर मासिक रक्तदान कार्यक्रम राख्ने, विभिन्न संचार संस्थाहरू सँग मिलेर धार्मिक, साहित्यिक अन्तर्किर्या कार्यक्रम चलाउन शुरू गरे ।

दैनिक पत्रिका राष्टिय संजाल लगायत संघ संस्थाहरूमा सहभागि भए पछि साथिहरू सँग मिलेर  साप्ताहिक, मासिक पत्रपत्रिका सम्पादन, प्रकाशन तर्फ पनि लगातार लागिपरे । केहि पत्रपत्रिकामा स्तम्भ समेत लेख्दै अगाडि बढेका आचार्यले साहित्यमा लागेका नयाँ प्रतिभाहरूलाई हौसला दिदै विभिन्न साहित्यिक कार्यक्रमहरू समेत आयोजना गर्थे । नयाँ पुस्तालाई पुस्तक सम्पादन गर्न, छाप्न, बिक्रि गर्न सहयोग गर्थे ।  पेशाले स्वास्थ्यकर्मी भएता पनि कथाकार सुबिसुधा आचार्यसँगको बैबाहिक जीवन पछि साहित्य तर्फ झुकाब झन बढ्दै गयो । गीतकार चेतन कार्की, गीतकार क्षेत्रप्रताप अधिकारी,  पत्रकार रमेश खड्का, साहित्यकार अरूण खत्री नदि आदिको प्रेरणा सम्झन्छन्, यो ठाऊँसम्म आईपुग्नुमा । ०६२/६३ सालको जनआन्दोलनमा सकृय सहभागीता जनाउँदै नेपाली साहित्यिक तथा पत्रकारितामा निरन्तर लागिरहेका आचार्यको जोडिलाई काठमाडौं गाल्टोका अधिकांश सर्जकले ‘गजल जोडि’ भन्न रूचाउँथे । काठमाडौं लाइनै आफ्नो कर्मथलो ठानी साहित्यको  क्षेत्रमा लागीरहेका आचार्य व्यत्तिगत इच्छा तथा आत्मसन्तुष्टीको लागी साहित्यको क्षेत्रमा लागेको बताउँछन् ।

ओझेलमा परेका सयौं नयाँ तथा पुराना सर्जकसँगका विभिन्न भलाकुसारीहरू र समाजमा भएका विकृति-विसंगतिहरूको पर्दाफास गर्न पाउँदा निकै नै खुसी हुने आचार्य जोडि हरेक दिन जसो विभिन्न कार्यक्रमहरूमा  सहभागिता जनाउन हिँडिरहन्थे । आचार्य साहित्यको क्षेत्रमा आफ्नो भिन्न परिचय बनेकोमा खुशी छन् । अहिलेसम्म पाएका उपलब्धि सबै साहित्यिक तथा पत्रकारिता क्षेत्रका  व्यक्तिहरूकै भएको कारणनै प्राप्त भएको भनाइ छ । समाजसेवा, संगीत, साहित्य र पत्रकारीता क्षेत्रमा रुचि राख्ने आचार्य सबै परिवार सहित चार वर्ष अगाडि अमेरिका प्रवेश गरे । सपनाको देश अमेरिका प्रवेश सँगै अमेरिकामा रहेको नेपाली समाज र सामाजिक संघसंस्थाका कार्य प्रति सन्तुष्ट हुन सकेनन् ।

सिर्जनशिल व्यक्तिहरू न्युन हुनु, पैसा नै सबै चिज भन्दै दिनरात काम गर्ने अधिकांश हुनु, अधिकांश सामूहिक भेटघाट तथा कार्यक्रमहरूमा बौधिक कुरा हुनुको सट्टा मध्यपान र खानपानमै सबैजना मस्ति हुनु, नेपाली कार्यक्रमहरूमा अंग्रेजि र हिन्दि गीतहरूमा नाचगान हुनु, अधिकांश युवाहरूले दैनिक मध्यपानको नसामा रमाएको देख्दा यिनको मन रोयो । नेपाली सामाजिक संघ संस्थाहरूले नेपाली भाषा साहित्य, कला र संस्कृतिको संरक्षणमा चासो नदिएर चर्चा परिचर्चाको पछाडि मात्र लागिरहेको देख्दा असन्तुष्टि जनाउँछन् । मेरिल्यान्ड बाहेक  अमेरिकाका अन्य राज्यहरूमा भएको राम्रो साहित्यिक माहौल र साथीहरूले दिएको निमन्त्रणा स्विकार गर्दै जान्छन् पनि । यिनि भन्छन् – ‘मेरिल्यान्डमै साहित्यिक माहौल भईदिए कति राम्रो हुने थियो होला ।’ अमेरिका प्रवेश गरेताका रक्सि पसल, चिया पसलमा काम गर्ने आचार्य हाल भने uber.com मा काम गर्न मेरिल्यान्डबाट वासिड•टन डिसी ७० किलोमिटरको दुरि पार गरेर दैनिक जान्छन् । हप्तामा ३ दिन काम गर्ने र बाँकी दिन घर परिवारसँग नै बिताउने गरेको बताउने आचार्यले ‘अमेरिका बुझ्नेलाई स्वर्ग र नबुझ्नेलाई नर्क’ हो भन्छन् । दैनिक जीवनयापनलाई सहज बनाएर अमेरिकामै स्थापित भएर सुखि र खुसि जिवन बिताउनुको सट्टा अधिकांशले दिन-रात नभनि काम गरेर नेपाल पैसा पठाउने भएकाले अमेरिकालाई नर्क जस्तै बनाएका छन् ।

आचार्यले कामको शिलशिलामा विभिन्न देशका व्यक्ति विशेष भेटन पाउँदा र एक-आपसमा परिचय हुन पाउँदा खुसी छन् । अमेरिकामा सधै उनले नेपाली भादगाउँले कालो टोपीको साथमा सर्ट-पाइन्ट चिटिक्क पारेर लगाउँछन् । यो देखेर अधिकांश नेपालीले उनलाई जिस्क्याउछन्, हाँस्छन् । नेपाली हुँ भन्न नि मन नपराउने नेपाली नि फेला पारेका छन् आचार्यले । उनको कारमा नेपाली झन्डा फरफराई रहेको हुन्छ । उनी भन्छन् – ‘म मेरो देशलाई विश्वको जुनसुकै कुनामा पुगे पनि भुल्न सक्दिन ।’  नेपालमा रहेका सर्जक साथीहरूलाई भेट्न छिट्टै आउने बताउने आचार्यले महाभुकम्प-२०७२ मा पनि अमेरिकामै रहेर निरन्तर सहयोग जुटाउन सक्रिय रूपमा लागिरहेका समेत छन् । ‘गजल जोडी आचार्य’ सधै कार्य सफलतामा अगाडि बढ्न सकोस् ।