मनकामनाको केवुलकार सन्चालनमा आयो

715 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

manakamanaधादिङ–जेठ २५, गत वैशाख १२ गतेको भूकम्पपछि तीन दिन मात्र सञ्चाल्नमा आएर पुनः बन्द भएको मनकामना केबलकार मन्दिरमा पूजा नहुने भए पनि आईतवारदेखी सञ्चालनमा आएको छ । मन्दिर पुनःनिर्माणका लागि भत्काउने काम भइरहेको भए पनि बाहिरबाट दर्शन गर्नका लागि आएका भक्तजनलाई सहयोग पुगोस भन्नाका लागि केबलकार सञ्चालनमा ल्याइएको स्टेसन म्यानेजर डिएन कायस्थले बताउनु भयो । मनकामना केबलकार बन्द भएपछि स्थानीयवासी पनि प्रभावित भएका थिए । भूकम्पको धक्का कम हुदै गएपछि केबलकार गत वैशाख २७ गतेदेखि सञ्चालनमा ल्याइए पनि वैशाख २९ गते पुनः परकम्पको ठूलो धक्का आएपछि बन्द भएको थियो । झन्डै डेढ महिनादेखि बन्द केबलकार खुलेसँगै मन्दिरमा पूजा गर्न नपाइए पनि बाहिरबाट दर्शनका लागि भक्तजन केबलकारमा भिड लागेका छन् ।