रगत पिउने भूतको डरले लसुन खोज्दै सर्वियाली

905 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

zyqycmsmsuzvxrपूर्वी युरोपेली देश सर्बियाको एक गाउँमा भुतको डरले मानिसहरु अचेल निकै तर्सित छन् ।

मानिसको रगत खाने भुत गाउँमा छ भन्ने हल्लालाई उनिहरुलाई निन्द्रा परेको छैन, छैन घरमा लसुन हुनेहरुकोमा भूत पस्दैन भन्ने हल्लाले लसुन खोज्न भ्याईनभ्याई छ ।
एउटा दन्त्य कथाको जस्तै भुत, कुनै नदि किनारको एक घरमा बस्छ भन्ने हल्ला । जब त्यो नदि किनारको घर थोत्रो भएर भत्कियो तब त्यस नगरका मीयरले भुत अब आफु बस्ने घरको खोजीमा छ त्यसैले सबै सचेत रहनु भनेर हल्ला पिटे पछि त्यहाँका बासिन्दा झन त्रसित बनेका हुन् ।

एक नदि किनारको पवन चक्कीमा बस्दै आएको भुत घर भत्के पछि उ घरको खोजीमा छ तर लसुन भएको घरमा त्यो भुत बस्दैन भने पछि त्यहाँका सबै स्थानियले घरमा लसुन खोजेर राखे सबै घरमा लसुन भैसकेपछि फेरी नगरपालिकाले सूचना जारी गर्यो जसको घरमा धेरै लसुन छ त्यो घरमा भुत बस्दैन । अहिले त्यहाँका नागरिक घरमा लसुनको थुप्रो बनाउन बाध्य छन् भने भुतको डरले निकै आक्रान्त बनेका छन् ।

सावा साबोनोबिक नामक उक्त भूत सर्वियाको दन्त्य कथामा निकै परिचित छ । त्यसैले सावोनोबिक भूतको बिषयमा त्यहाँ एक चलचित्र समेत बनिसकेको एजेन्सीहरुले बताएका छन् ।