पिमलटार उच्चमाबि लाइ एक लाखको जस्ता राहत

919 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

JastaPata Bitaran (3)नुवाकोट । भुकम्पका कारण ध्वस्त रहेको नुवाकोटको तारुकाको पिमलटार उच्चमाबिलाइ १ लाख रुपैयाँ बराबरको जस्तापाता राहत वितरण गरिएको छ ।
शुसिल श्रेष्ठ, कोषिश श्रेष्ठ एण्ड अरेन्ज काउन्टी टिम र सोफियाना एण्ड दुवाल परिवार क्यालिफोर्निया अमेरीकको सहयोगमा प्रति बण्डल ५० केजी तौलको १५ बण्डल जस्तापाता बितरण गरिएको हो । सो समुहले सिन्धुपाल्चोकका भुकम्प पिडडितलाइ समेत राहत बितरण गरेको थियो ।
कार्यक्रममा रिलायन्स लोटस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले बिदेशबाट साथीभाइहरुले गरेको सहयोगको उच्च प्रशंसा गर्दै फेरी रकम उठाएर कक्षाकोठा निर्माणमा पनि सहयोग गर्ने बताए । यसै भुकम्पपछि तेस्रो पटक राहत लिएर तारुका आइपुगेको बताउँदै श्रेष्ठले भने शिक्षा र सामाजीक सेवामा लाग्न पाउँदा खुसि लागेको बताए । कार्यक्रममा नुवाकोट जिविसका पुर्वसभापती नारायणप्रसाद खतिवडाले परदेशमा बसेर पनि नेपालप्रति विपतको बेलामा सामाजीक भावना जागेर सहयोग गर्नुभएकोमा दाताहरुलाइ धन्यवाद दिनुभयो । उहाले नुवाकोटमा करिव ४ सयभन्दा बढि सरकारी बिद्यालय ध्वस्त भएको बताउँदै शिक्षा क्षेत्रमा सहयोग गरेर भविष्यका कर्णधारको रुपमा रहेका बिद्यार्थिहरुको कल्यणमा लाग्न दाताहरुलाइ प्रेरणा मिलेको बताए । करिव ४ सय बिद्यार्थी अध्यापन गर्ने पमिलटार उच्च माबिको भुकम्पको कारण सबै कक्षाकोठाहरु ध्वस्त भएपछि बिद्यालय सुचारु हुन सकेको थिएन । माथिबाट पहिरो आउने उच्च जोखिम रहेको सो क्षेत्रमा बिद्यालयनै स्थानान्तरण गर्नुपर्ने स्थानियले बताए ।
बिद्यालय प्रङ्गणमा जस्तापाता रिलायन्स लोटसका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र गोपालमान डंगोलले बिद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारी र ब्यवस्थापन समिती अध्यक्ष रामहरी न्यौपानेलाइ संयुत्तरुपमा हस्तान्तरण गरेका थिए । कार्यक्रममा बिद्यालयका पअ चेतनाथ अधिकारीले दाताहरुको सहयोग प्रति धन्यवाद दिँदै आफ्ना बिद्यार्थिहरुले अव बल्ल पढ्न पाउने वातावरण बनेको बताए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रामहरी न्यौपाने, पत्रकार विष्णु तारुकेलगायतले मन्तब्य राख्नुभएको थियो ।