जगंली च्याउ खाँदा डाँडापारीमा एकै परिवारका चार जना सिकिस्त

712 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काभ्रेपलाञ्चोक-जगंली च्याउ खाँदा काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने फलामेटार गाविसमा एकै परिवारका चार जना सिकिस्त बिरामी परेका छन् ।

chyaauनजिकैको जंगलबाट ल्याएर मंगलबार विहान तरकारीका रुपमा आएको च्याउले गाविसको वडा नम्बर ८ मा आमासहित तीन जना छोराछोरी सिकिस्त बिरामी परेको स्थानीय सुरेन्द्र थिङले जानकारी दिनुभयो । च्याउ खाएर विरामी पर्नेमा आमा सुर्सीमाया बोलन, छोरीहरु सम्झना बोलन, अञ्जना बोलन र छोरा लालसिंह बोलन रहेका हुन् । खाना खाए लगत्तै मुखबाट रगत बग्ने, रिंगटा लाग्ने जस्ता लक्षणबाट एकाएक बेहोस भएर ढलेको स्थानीय थिङले बताउनुभयो । बिरामीहरुको छिमेकी साल्धारा गाविसमा रहेको स्वास्थ्य चौकीका अहेब सुरेन्द्र शाहले उपचार गरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमूख डा. राजेन्द्र साहले फलामेटार गाविसमा रहेको स्वास्थ्य चौकीलाई पनि प्रभावित क्षेत्रमा पुगेर उपचार गर्न निर्देशन दिएको बताउनुभयो ।