सेनाले किनेका दुई हेलिकोप्टरको उडान सुरु-पहिलो उडान धादिङको झार्लाङमा

774 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Russian_helicopter_in_nepal_PM_sushil_koirala_opening1_296156587फोटो :सेनाको नयाँ हेलिकोप्टर भूकम्पपीडितलार्इ राहत बाँड्न जाँदै प्रधानमन्त्रीसहितका सरकारी अधिकारी
काठमाडौ : नेपाली सेनाले रुसबाट खरिद गरेको अत्याधुनिक एम आइ-१७ हेलिकप्टरले उडान थालेको छ । त्रिभुवन विमानस्थलस्थित सैनिक हवाइ महानिर्देशनालयमा सोमवार विहान आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले हेलिकप्टरकेा सेवा सुभारम्भ गरे ।

सेवा सुभारम्भ गरेलगत्तै नेपाली सेनाले नयाँ हेलिकप्टरको टेष्ट फ्लाइट र भूकम्पपीडितलाई राहत बाँड्न प्रधानमन्त्री कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, उपप्रधान तथा स्थानीय विकाश मन्त्री प्रकाशमान सिंह, पर्यटनमन्त्री कृपाशुर शेर्पा र प्रधानसेनापति गौरवशम्सेर राणा लगायतको टोली धादिङको झार्लाङ पुगेको छ ।

मन्त्रिपरिषदको २०५९ फागुन १४ को निर्णयानुसार नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि रुसबाट दुर्इवटा एमआर्इ १७ हेलिकोप्टर खरिद गर्न सरकारले अनुमति दिएको थियो ।

नेपाली सेनाको नयाँ हेलिकोप्टरको सेवा शुभाराम्भ गरेपछि
ती हेलिकप्टरहरुको एन ए ०५६ र एन ए ०५७ कल साइन राखिएको छ । सैनिक हवार्इ महानिर्देशनालयका प्रमुख उपरथी शतिसविक्रम शाहसहित १० जनाको प्राविधिक टोली रुसको कजाखस्तानस्थित हेलिकोप्टर प्लान्ट स्टोक कम्पनीमा गई टेस्ट फ्लाइट गरेपछि हेलिकोप्टर ल्याइएको हो ।

उपरथी शाहको टोलीले प्राविधिक रुपमा हेलिकप्टर ठिक रहेको प्रमाणित गरे पछि जेठ २६ गते रुसमा निर्मित दुइ हेलिकप्टर काठमाडौ ल्याइएको थियो । नेपालमा समेत उक्त हेलिकप्टरेकेा उडान परिक्षण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। नेपाली सेनाले अहिले ल्याएका दुर्इ हेलिकप्टर विगतका भन्दा अत्याधुनिक रहेका छन ।

दुर्इवटा इन्जिन भएका यी हेलिकोप्टरको वजन ७ हजार केजी छ । हाल नेपाली सेनासॅग भएको हेलिकप्टरको तुलनामा नयाँ हेलिकप्टरको वजन कम रहेको छ । नयाँ हेलिकोप्टर भीआइपी उडान, कार्गो र प्याराजम्पमा प्रयोग गर्न सकिने छ ।

nepal army new mi17 hilicopter from russia
६ हजार मिटरसम्म सहजरुपमा उडान भर्ने क्षमताका यी हेलिकोप्टरले ४ हजार केजी सामान र २६ जना यात्रु बोक्न सक्छन् । रसियन कम्पनीले हेलिकप्टरको १ वर्ष वा ३०० घण्टाको उडानभर वारेन्टी दिएको छ ।

उक्त अवधिभर रुसबाट आएका ४ जनाको प्राविधिक टोली नेपालमानै रहने छन् । नेपालको भौगोलिक अवस्था, हार्इ अल्टिच्युड र प्रतिकुल मौसममासमेत बढी भार बोकी उडान भर्नसक्ने उक्त हेलिकप्टर राहत तथा उद्धार कार्यमा तत्काल परिचालन गर्न सकिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

-अन्नपूर्णबाट