बारपाकमा बाँडीएको चालम खानयोग्य नभएको संसदीय समितिका ठहर

580 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chamal-400x259धादिङ–असार ११,। संसदीय समितिले भूकम्पपीडितलाई गोरखामा वितरित विश्व खाद्य कार्यक्रमको खाद्यान्न उपयोग योग्य नभएको ठहर गरेको छ । राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको उपसमितिले स्थलगत अनुगमनपछि खाद्यान्न कुहिएको र खान योग्य नभएको ठहर गरेको हो ।

गोरखाको लाप्राकमा विश्व खाद्य कार्यक्रमबाट वितरित चामलमध्ये एक सय २० बोरा चामल कुहिएर दर्गन्धित भएको अवस्थामा रहेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । ‘अनुगमनका क्रममा हालै लाप्राकमा विश्व खाद्य कार्यक्रमबाट वितरित चामलमध्ये एक सय २० बोरा चामल सडेको, कुहिएके , गन्हाएर दुर्गन्धित भएको अवस्थामा फेला पारियो’, उपसमितिको प्रतिवेदनमा भनिएको छ ।