सातौँँ पटक पनि सत्प्रतिसत नतिजा

734 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, -सामुदायिक विद्यालयहरुको नतिजा खस्किएको आरोप लागिरहँदा धादिङ जिल्लाको एक सामुदायिक विद्यालयले लगातार सातौँ पटक एसएसली परीक्षामा सत्प्रतिसत नतिजा ल्याएको छ ।
IMG_5864 (2)जिल्ला सदरमुकाम धादिङबेसीबाट तीन किलोमिटर दुरीमा रहेको सुनौलो भैरवी माध्यमिक विद्यालयले सातौँ वर्षमा पनि एसएलसी परीक्षामा सहभागि सबै विद्यार्थी उत्तीर्ण गराएर जिल्लामा लगातार सात पटक सत्प्रतिसत विद्यार्थी उत्तीर्ण गराउने एक मात्र विद्यालय बनेको छ । विद्यालयले एसएलसी परीक्षामा सामेल भएको सात वर्षमा सात वटै वर्ष सत्प्रतिसत नतिजा ल्याउन सफल भएकोमा जिल्ला शिक्षा कार्यालय धादिङ लगायत शिक्षाविद्हरुले उक्त विद्यालयको खुलेर प्रशंसा गरेका छन् ।
विद्यालयले आयाजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा जिल्ला शिक्षा कार्यालय धादिङका जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकालले सुनौलो भैरवीको सफलताले सबै सरकारी विद्यालयलाई सचेत बनाएको बताउनुभयो । ढकालले यस्ता विद्यालयलबाट अन्य विद्यालयले धेरै सिक्नु आवश्यक रहेको बताउनु भयो । जिशिअ ढकालले मुलुककै नमूना विद्यालय भएकाले विद्यालयको भौतिक र शैक्षिक विकासमा खुलेर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व सभासद रामनाथ अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीको सकारात्मक मेलबाट मात्र स्तरीय नतिजा आएको बताउनु भयो । अधिकारीले निजी विद्यालयले नतिजा राम्रो ल्याउँछ भन्ने भ्रमलाई हामीले चिरेर देखाएको बताउनु भयो ।
कार्यक्रममा सहभागि सामजसेवी टंक काप्री, शिक्षक युनियन धादिङका सचिव विष्णुप्रसाद अधिकारी लगायतले त खुलेरै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । विद्यालयको सफलतालाई सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकहरुको देन मान्दै विद्यालयका प्रधानाध्यापक रमेश गुरुङले गरिव, दलित र असहाय बालबालिकाको पहुँच रहेको विद्यालयले सफलता प्राप्त गर्न अझै धेरै काम गर्न बाँकि रहेको बताउनु भयो । गुरुङले असल शिक्षक र उत्तरदायी अभिभावक कारण विद्यालयले राम्रो नतिजा ल्याएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले पनि अब समायानुकुल पठनपाठनको शैलीलाई परिवर्तन गर्नुपर्ने र सरकारले युवा शक्तिलाई शैक्षिक क्षेत्रमा प्रवेश गराउन निश्चित योजना अगाडि सार्नुपर्ने बताउनु भयो ।
धादिङ जिल्लाका सामुदायिक विद्यालयहरु तर्फ नमुना विद्यालय बनेको यस विद्यालयमा निमावि र मावि शिक्षक दरवन्दी राज्यले उपलब्ध गराएको छैन । अठार शिक्षक कर्मचारी रहेको उक्त विद्यालयमा प्राथमिक तहका तीन स्थायी र एक राहत दरबन्दीमात्र रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनाथ अधिकारीले बताउनु भयो ।