आज भानु जयन्ती

1309 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

create_thumbआज असार २९ गते अर्थात, भानु जयन्ती । आदिकवी भानुभक्त आचार्यको दुई सय २ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । नेपाली भाषा, साहित्यको विकासमा उल्लेखनीय योगदान पु¥याउनु भएका भानुभक्त आचार्यले नेपाली भाषामा लेख्नुभएको रामायण नेपाल लगाएत विश्व धार्मीक ग्रन्थका क्षेत्रमा निकै गहकीलो कृति मानिन्छ ।
नेपाली भाषालाई सहज, सरस र आध्यात्मीक भावले विकास गर्न उहांले पु¥याउनुभएको योगदानको संझनामा हरेक बर्ष असार २९ गते भानु जयन्ती मनाइने गरेको छ । भानु प्रतिष्ठानले भानु जयन्तीका अवसरमा साताव्यापी कार्यक्रम पनि गरिरहेको छ । प्रतिष्ठानले देशका विभिन्न शैक्षीक तथा साहित्यीक संघ संस्थाले भानुभक्तको व्यक्तित्व, कृति र योगदानको स्मरणमा आज विशेष कार्यक्रम गरिरहेको  जनाएको छ । विक्रम संवत १८७१ को असार २९ गते तनहुंको चुंदी रम्घामा उहांको जन्म भएको थियो । आचार्य नेपालका राष्ट्रिय विभुती समेत हुनुहुन्छ । उहांले संस्कृतमा लेखीएको रामायण नेपाली भाषामा अनुबाद गर्नुभएको थियो भने उहांका बधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला जस्ता कृति निकै चर्चीत् छन् ।