साङ्गीतिक कार्यक्रम विच खेलाडी सम्मानीत

992 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामचन्द्र रुपाखेती
20150815_133824महादेववेशी- १७औं एसियाली खेदकुद प्रतियोगितामा कराते तर्फबाट नेपाल बाट एकमात्र पदक विजेता धादिङका चेली विमला तामाङलाई धादिङ, थाक्रे ३, महादेववेशीमा एक साङ्गीतिक कार्यक्रम विच धादिङ्ग उसु संघले  नगद तथा ताम्रपत्रबाट सम्मान गरेको छ ।
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं धादिङ्ग क्षेत्र नं ३ का सभाषद  राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा धादिङ्ग उसु संघ ले आयोजना गरेका खेलाडी सम्मान तथा अभिनन्दन कार्यक्रममा विमला तामाङ्ग सहित नवनियूक्त जिल्ला खेलकुद समितिका अध्यक्ष विकास कार्की सहित अन्य सदस्यहरुलाई सम्मान एवं अभिनन्दन गरिएको थियो । कार्यक्रमा धादिङ्गबाट राष्टिय तथा अन्तराष्ट्रिय स्तरमा उसुखेलबाट पदक विजेताहरुलाई समेत अभिनन्दन गरिएको थियो ।
20150815_134112(0)कार्यक्रममा सम्मानित विमला तामाङले धादिङले आफुलाई कहिल्यै विर्सननसक्ने सम्मान गरेकोले अझ उत्कृष्ट खेल प्रर्दशन गरि देशको इज्यत बढाउने बताईन । कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र प्रसाद पाण्डेलाई जग्गाको व्यवस्था खेलकुद विकास समितिले गरे आफुले मिनि कभर्डहल निर्माण गरिदिने बताए । कार्यक्रममा नेपाली काङग्रेसका जिल्ला सदस्य बुद्धलक्ष्मी तामाङ, नेपाल उसु संघका उपाध्यक्ष चन्द्र तामाङ लगाएतले मन्तव्य राख्नु भएको थियो । यसका साथमा साउनको महिनामा भुकम्पको तनाव तथा खेतीपातीको थकाईलाई विर्साउन राष्ट्रिय कलाकारहरु हास्य कलाकार आर.पि भट्राई, (लादाराम) आधुनिक गाएक डिजराज पौडेल, लोकगायिका सुन्तामी परियार, पप गाएक सविन कुमार लामा तथा स्थानिय कलाकार याङजी तामाङ लगाएतको वेजेड प्रस्तुति रहेको थियो । कार्यक्रम धादिङ उसु संघका अध्यक्ष श्री जंग बा. लामाको अध्यक्षतामा भएको थियो ।