भुकम्पले भत्काएको ठाउंमै नयाँ बिद्यालय भवन बन्यो फोगटपुरमा

728 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0965फोगटपुर – धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने थांक्रे गाविसको फोगटपुरमा रहेको महांकालेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएपछि त्यहाँका स्थानीयवासी एवं विद्यार्र्थीमा खुसीले दंग परेका छन ।
त्रिभुवनराजपथको छेवैमा रहेको सो विद्यालयको भवन गत वैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनाएको थियो । विद्यालय भवन नहुँदा त्यहाँ अध्ययनरत विद्यार्र्थी खुल्ला चौर र भत्किन लागेको भवनमा बसेर डराई डराई पढ्दै आएका थिए । ध्वस्त पुरानो भवनको ठाउँमा एआर जापान, जापान प्लेट फर्मको सहयोगमा चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज (सिर्डस) संस्थाले तीन कोठाको नयाँ भवन निर्माण गरिदिएको होे ।
उक्त संस्थाले जिल्लाको थांक्रे,तसर्पु,जिवनपुर,केवलपुर,गोगनपानी लगायतका गाविसको १७ वटा भवनको २५ वटा कक्षा कोठाको निर्माणमा सहयोग गरिरहेको सिर्डस धादिङका अध्यक्ष उर्मिला रेग्मीले जानकारी दिनु भयो । धादिङका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकालले एक कार्यक्रमबीच नवनिर्मित भवन बिद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो । भूकम्पका कारण ध्वस्त भएका जिल्लाका बिद्यालय भवनहरुको पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाले शिक्षा कार्यालय संग समन्वय गरी पुननिर्माणमा सहयोग गरिरहेको ढकालले वताउनु भयो । भुकम्पका कारण धादिङ जिल्लाका २८ सय कक्षा कोठा ध्वस्त भएकाले अहिले ति सबै कक्षा कोठा पुर्ननिर्माणका लागि हातेमालो भईरहेको पनि उहांले जानकारी दिनुभयो । नव निर्मित भवन हस्तान्तरण कार्यक्रममा शिक्षा क्षेत्रसंग सरोकार राख्न्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।