दाङका चन्द्रप्रकाश मलेसियामै अस्ताए

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aaaaaaaमलेसिया : रोजगारीका लागि मलेसिया आएका बर्दियाका एक युवाको होस्टलमै मृत्यु भएको छ ।

बर्दियाको डेउटा गाविस-९ का चन्द्रप्रकाश बिकको शब बुधबार उनी सुतेकै होस्टलमा फेला परेको हो ।

जोहोर राज्यको बातु पहात स्थित रामाटेक्स कम्पनीमा कार्यरत बिकको मृत्यु के कारण भएको खुल्न सकेको छैन ।

उनका साथी दाङका कुल खड्काका अनुसार बेलुका सकुशल सुतेका उनी बुधबार बिहान मृत फेला परेका थिए ।

मृतक बिक एक वर्षअघि रोजगारिका सिलसिलामा मलेसिया आइपुगेका हुन्  । उनको शब हाल जोहरको सुल्तान अस्पतालमा राखिएको छ ।