सल्यानकोटको चिसापानीमा ट्रक दुर्घटना १ को मृत्यु,५ घाइते

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सल्यानकोट-मंगलबार राती  सल्यानकोटको चिसापानीमा ट्रक दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।
images (1)धादिङवेशीबाट मुलपानीतर्फ जादै गरेको बा २ ख ४०४५ नम्वरको ट्रक मंगलबार राती १० बजेतिर सल्यानकोट गाउँ विकास समितिको वडा नं ४ चिसापानीमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी फुलखर्क २ का अशोक विश्वकर्माको मृत्यु भएको छ । त्यस्तै घाइतेहरुमा गुना कुमारी विश्वकर्मा, चेत बहादुर विश्वकर्मा, सीमा विश्वकर्मा, मिलन राना र रामकाजी राना रहेका छन । उनीहरुको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ । भिरालो बाटोमा चालक र सहचालक गाडीबाट ओर्लिएको बेलामा अचानक गाडी आँफै गुडेर दुर्घटना भएको बुझिएको छ । प्रयास नेपालद्वारा मुलपानीका विद्यालयमा निर्माण गर्दे गरेको अस्थायी सिकाइ केन्द्रका लागि जस्तापाता लैजादै ट्रक दुर्घटना भएको सल्यानकोटबाट सिताराम सापकोटाले जानकारी दिनुभयो ।