मलेसिया : नेपाली युवती शौचालयमा मृत भेटिइन –

812 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया, भदौ १२ – मलेसियाको टप ग्लोब कम्पनीमा कार्यरत एक नेपाली महिलाको ज्यान गएको छ । पाँचथर भारपा ७ निवासी २७ वर्षिय निलम पन्धाक आफू बस्ने होस्टलको शौचालयमा मृत भेटिएकी त्यही कम्पनीमा काम गर्ने नेपालीहरुले जनाएका छन् ।

गत बिहीबार आफ्नै होष्टलको शोचालयमा पन्धाकको शव झुन्डिएको अवस्थामा फेला परेको हो । शवको छेउमा सानो छुरीसमेत फेला परेको भन्दै पन्धाकका साथीहरुले मृत्यु शंकास्पद रहेको बताएका छन् । शौचालयमा मृत भेटिनुभन्दा २ दिन अघि पन्धाक बिरामी भई बेहोस भएको र त्यसको भोलीपल्ट मात्र कम्पनीले उपचारका लागि लगेको टप ग्लोवमा कार्यरत नेपालीले जनाएका छन् । शव पोष्टमार्टमका लागि क्लाङ अस्पतालमा राखिएको छ ।

मृतक पन्धाक १० महिना अगाडी मलेसियाको मेरुमा रहेको टप ग्लोब कम्पनीमा आउनु भएको थियो । पन्धाकको ८ वर्षको छोरा रहेको र ५ वर्षअघि मलेसियामै आएका श्रीमान सम्पर्क बिहीन रहेको उहाँका सकहर्मीले बताएका छन् ।