जनजागृती उच्च माविको १५ औ वार्षिक उत्सव सम्पन्न

1150 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेबबेशी- जनजागृती उच्च माध्यामिक बिद्यालयको १५ औ बार्षिक उत्सव समारोह  पराराष्ट्र मन्त्री  महेन्द्र वहादुर पाण्डे को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
मजदुर तथा विपन्न वालवालिकाको शैक्षिक विकासमा योगदान गर्न २०५७ सालमा धादिङको थांक्रे गाविस वडा नम्बर ३ महादेवबेसीमा  स्थापित बिद्यालयले मंगलबार बार्षिकोत्सव मनाएको हो ।

???????????????????????????????बार्षिक उत्सव समारोहमा शिक्षा नियमावलीलाई अक्षरस कार्यान्वयन गर्ने जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद ढकाल , बिद्यालयको स्थापना देखी हाल सम्म सक्रिया योगदान गर्ने बिद्यालयका सस्थापक प्रधानाध्यापक गोकर्ण रुपाखेती , नियमित ३ कार्यकाल बिद्यालयको अध्यक्ष  भई योगदान गर्ने पूर्णवहादुर कार्की साथै वाल विकास समाज, सिड्स, धादिङ, एएआर जापान, भमसुक बिद्यालय कोरिया , कोरियन नागरीक सिसिलिया, समन्वय कर्ता समर थापामगर, एनआएन न्यूजिल्याण्डका प्रतिनिधि लगाएतका व्यक्ति तथा सस्थाहरुलाई बिशाल उपस्थितीमा सम्मान गरियो ।

 ???????????????????????????????कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरे लगाएत जिल्लाका ३ वटै सुरक्षा निकायका प्रमुख, कोलिनिका, घरेलु समितिका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
साथै कार्यक्रममा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठी, नेपाली कांग्रेस क्षेत्रीय समितीका जिवनाथ ढकाल लगाएतले सुभकामना दिनु भएको थियो । कार्यक्रममा मन्त्री महेन्द्र वहादुर पाण्डेले नेपालको सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर भई वालवालिकाको संख्या घट्दै गईरहेको परिवेशमा जनजागृती उ.मा.बी ले छोटो अवधिमा विशाल बिद्यार्थीहरुको सहभागीतामा रचनात्मक गतिबिधि गरिहेको वताउदै अहिले संबिधान निर्माणको अन्तिम घडीमा पुगेको परिवेशमा समेत विद्यालयमा आएर नेपाल सरकारको प्रतिनिधि रहेको नाताले बिद्यालयको विकास क्रममा खेल्नु भएको योगदान प्रति क्रितज्ञाता जाहेर गर्दै बिदेशी मित्र राष्ट्रवाट भएको योगदानको उच्च प्रशंसा गर्नु भएको थियो ।
???????????????????????????????कार्यक्रममा ख्याति प्राप्त कलाकार कमली कान्त भेटुवाल, डिज राज पौडेल , सुरेन्द्र केशी (मुलासाग) शिव संकर रिजाल (जोगेन्द्र) सविन लामा र एन्जी लामाले उपस्थित हरुका बिज मनोरन्जनात्मक कोशेली प्रस्तुत गरेका थिए । कार्यक्रमको अवशरमा एएआर जपान र सिड्स, धादिङको साझेदारीमा निर्माण गरिएको २ वटा ट्रष्ट भवनको सम्उद्घाटन गरिएको थियो ।
कार्यक्रममा जनजागृती बाल प्रतिभा पुरस्कारबाट छात्र तर्फ प्रकाश चेपाङ र छात्रा तर्फ रजिना परियारलाइ कदर पत्र सहित सम्मान गरियो ।