बालबालिकाको उद्धार

619 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङवेशी- कास्कीको भलाममा अवैध रुपमा संचालित बालगृहबाट उद्धार गरिएका ५ जना बालबालिकाहरुलाइ जिल्ला बाल कल्याण समिति धादिङको जिम्मा लगाइएको छ । उत्तरी धादिङको विकट क्षेत्र झार्लाङ र री गाउँ विकास समितिका अभिभावक नै भएका ५ जना बालबालिकाहरुलाइ गत माघ ४ गते पोखराको भलाममा संचालित जायन हेभन्ली अर्फानेज होमले पालन पोषणको लागि भनेर लिएर गएको भएपनि उक्त बालगृह न्यनतम मापदण्ड पुरा नगरि संचालन गरेको पाइएपछि गत भाद्र ११ गते जिल्ला बाल कल्याण समिति कास्कीले बालगृह बन्द गरि बालबालिकाहरुको उद्धार गरेको थियो । उद्धार पश्चात बालिकाहरुलाइ पोखराको शक्ति समुह र बालकहरुलाइ सिविन बाल हेल्प लाइनले आकस्मिक उद्धार केन्दमा राखेको थियो । उद्धार केन्द्रमा राखिएका बालबालिकहरुलाइ सम्वन्धीत जिल्ला पठाउने क्रममा धादिङका ५ जना बालबालिकाहरुलाइ जिल्ला बाल कल्याण समितिको जिम्मा लगाइएको शक्ति समुहका परियोजना अधिकृत प्रकाशचन्द्र त्रिपाठीले बताउनुभयो । उद्धार गरिएका बालबालिकाहरुमा झार्लाङ गाउँ विकास समिति वडा नं ५ का ७ वर्षिय प्रेरणा तामाङ, ८ वर्षिय एलिसा तामाङ, झार्लाङ ४ की ६ वर्षिय करुणा तामाङ, झार्लाङ ९ की ६ वर्षिय रोजिना तामाङ र री ५ का १२ वर्षिय रमेश कुमार तामाङ रहेका छन । उनीहरुलाइ अहिले जिल्ला बालकल्याण समितिले संचालन गरेको ट्रान्जिट होममा राखिएको छ भने प्रक्रिया पु¥याएर अभिभावकहरुको जिम्मा लगाइने जिल्ला बाल कल्याण समिति धादिङले जनाएको छ ।