आज बकर इद ,सार्वजनिक बिदा

725 पटक पढिएको

सम्पादक: धादिङ न्यूज



धादिङ – मुस्लिम धर्मालम्बीहरु रमजानपछिको दोस्रो ठूलो चाड बकर इद आज धूमधामसाथ मनाउँदैछन् ।इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईदको उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

download (2)गृहमन्त्रालयले आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो । इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (इदुल जोहा) यही २०७२ साल असोज ८ गते शुक्रबारका दिन पर्ने भएकोले सो दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख छ।

 मुस्लिम समूदायले अल्लाहका दूत हजरत इस्माइलको नाममा कुर्बानी दिएर बकर इद मनाइरहेका छन् ।
इस्लामिक क्यालेन्डरअनुसार बाह्रौं महिनामा यो पर्व मनाइन्छ । बकर इदका लागि लाखौं संख्यामा मुस्लिम धर्मावलम्बी साउदी अरबको मक्का मदिना जाने गरेका छन् । 
मुस्लिम समूदायका सम्पन्नदेखि विपन्न वर्गसम्म मीठो पकवान (बिरयानी, पुलाउ, कर्मा र कोक्ता) र कबाब (मासुको परिकार) भोज (दावत)मा व्यस्त रहन्छन् । मुस्लिमहरुको परम्पराअनुसार बिहान उपवास राखेर नमाज पढेर प्रार्थना गरेपछि खसी र राँगाको कुर्बानी (बली) दिन्छन् । कुर्बानीको मासु तीन भाग लगाएर एक भाग आफ्ना लागि, दुई भागमध्ये एक भाग आफन्त वा इष्टमित्र र एक भाग गरिबलाई दिन्छन् ।
नयाँ लुगामा सजिएका उनीहरुले छरछिमेक र इष्टमित्रलाई आलोपालो दावत (भोज) दिन्छन्