धादिङ समाज युएईको छैटौं महाधिबेशन सम्पन्न

845 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

लेक योन्जन,
10924789_1535019816748441_2936662969225479396_nदुबइ–रोजगारी तथा अन्य कामका लागि खाडी मुलुक युएईमा पुगेका धादिङेहरुको हक हितका निम्ति स्थापना भएको साझा संस्था धादिङ समाज युएईको छैटौं महाधिबेशन सम्पन्न भएको छ । महधिबेशनले निर्बिरोधकासाथ पुन, भीम अधिकारीको अध्यक्षमा १४ सदस्यिय नयाँ कार्यकारीणी समिती गठन गरेको छ । जस्मा उपाध्यक्षहरुमा नर बहादुर घले, राज कुमार कडेल र धनु सिम्खडा महसचिवमा योगेन्द्र थापा सचिबमा अन्जान न्यौपाने,कोषाध्यक्षमा बिकास गुरुङ र सहकोषाध्यक्षमा प्रसिद्द खतिवडा चयन भएको छ । त्यसै गरी सदस्यहरुमा प्रदिप लोहनी, ऋषिराम धरेल,पुष्प गुरुङ ,बिनोद अधिकारी र होम अधिकारी सर्वसम्म्तबाट चयन हुनुभएको वताईएको छ ।
11836645_1611977839052638_8603614433448619969_nअसोज ८ गते एभरेष्ट इन्टरनेसनल होटलमा सम्पन्न गरेको छ । अध्यक्ष भिम अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको पमुुख अतिथी सस्थाका सस्थापक तथा नेपाली समाज युएइका बर्तमान अध्यक्ष चन्द्रप्रशाद सापकोटा रहनु भएको थियो । यसै गरी संस्थाका संरक्षक तथा गाउमा कम्युटर शिक्षा अभियानकर्ताका अध्यक्ष भुवन गुरुङ बिशेष अतिथि हुनुहुन्थ्यो। युएइका बिभिन्न संघ सस्थाका प्रधिनिधीहरु, युएइमा बिभिन्न ब्यापार ब्यबसायी र रोजगारमा कार्यरत धादिङबासीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा धादिङकै कलाकारहरुले गीत संगीत र नृत्यको बेजोड प्रस्तुति दिदै भरपुर मनोरन्जन दिएका थिए ।
समाजले नेपालमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ गत दुई बर्षमा सत्रलाख नौहजार सातसय चौरासी रुपैयाको आय ब्याय खर्च समाजका उपाध्यक्ष धन पाठकले पेश गर्दै जिल्लाको चेपाङ बालबालिकाहरुको लागि पढाउने शिक्षकको दुईबर्षका लागि तलब एकलाख नब्बे हजार उपलब्ध गराइ सकेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। सस्थाले युएइेमा कार्यरत धादिङबासीको कुनै पनि घट्नाले मृत्यु हुन गएमा सकृय सद्स्य र आजीवन सद्स्यलाई एकलाख रुपैया र कुनै अंगभङग भएको खन्डमा पचासहजार रुपैया सहयोग राशी उपल्ऽब्ध गरिने घोषणा गरेको छ । उक्त सहयोग राशी आजिबन सद्स्यको लागी युएइ रहुन्जेल र सकृय सद्स्यको लागी दुईबर्से मात्रै लागु हुने गरी निर्णय गरेकोछ । सस्थाका आजिबन तथा साधारण सद्स्यहरु र सस्थालाई सहयोग गर्ने बिभिन्न सघ सस्थाहरुलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरेको थियो। कार्यक्रम सस्थाका निबर्तमान महसचिब गुननिधि धमलाले संचालन गर्नु भएको थियो भने नमस्ते ट्राभल्सले प्रायोजन गरेको थियो ।