पिस चौतारी लायन्स पुरस्कार पत्रकार पन्तलाई

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12071418_1020469618005666_232823663_n पोखरा -लायन्स क्लव अफ पोखरा पिस चौतारीले पत्रकार हरि पन्तलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । क्लवको सोमबार सम्पन्न बैठकले पहिलो पटक पोखराका युवा पत्रकार पन्तलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको क्लवका निवर्तमान अध्यक्ष डा. विष्णुप्रसाद चापागाइँले जानकारी दिए ।

। पन्तलाई ११ हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान एवं पुरस्कृत गरिने डा.चापागाइँले बताए । पदस्थापन कार्यक्रम लायन्स क्लव अफ ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाको प्रमुख आतिथ्यतामा हुने छ । पदस्थापन कार्यक्रममा नयाँ २ क्लवको समेत उद्घाटन गरिनेछ । लायन्स क्लव अफ पोखरा पिस चौतारी नेपालमै उत्कृष्ट १० भित्र पर्न सफल भएको क्लव हो । क्लवले यसवर्षमात्र डिष्ट्रिक्टबाट उत्कृष्ट सोसियल सर्भिस अवार्ड र वेष्ट प्रिसिडेन्ट अवार्ड समेत पाउन सफल भएको छ । समग्र लायन्स गतिविधि सहित विशेष गरी लायन्स क्लव अफ पोखरा पिस चौतारीको गतिविधिलाई प्रचार–प्रसारमा योगदान गरेबापत पत्रकार पन्तलाई सम्मान गर्न लागिएको क्लवले जनाएको छ । बैठक लायन्स क्लव अफ पोखरा पिस चौतारीको लायन्स वर्ष २०१५÷२०१६ का अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।