एएफसी यु–१९ छनौट फुटबलमा आज नेपाल र कुवेत भिडने

710 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

footballll1काठमाडौं, असोज १७ । ईरानमा जारी एएफ्सी अण्डर नाइन्टिन छनौट फुटबलमा दोस्रो खेलमा नेपालले आइतबार(आज) कुवेतसंग खेल्दैछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । पहिलो खेलमा आयोजक ईरानसँग १०-० को फराकिलो गोल अन्तरमा हारेको नेपाल आज जित्नैपर्ने दबाबमा छ ।

यो खेलमा पराजित भए नेपालको अर्को वर्ष बहराईनमा हुने एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिपमा छनौट हुने संभावना समाप्त हुनेछ ।

नेपालको समूहमा ईरान, कुवेत र जोर्डन रहेका छन् । एसियाका ४३ राष्ट्रलाई १० वटा समुहमा विभाजन गरी सञ्चालन भइरहेको छनोट चरणबाट १६ वटा टोलीले अर्को वर्ष बहराइनमा हुने फाइनल चरणमा सहभागीता जनाउने छन् ।