सामाजिक कार्यकर्ता आवश्यकता सम्बन्धी सूचना

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ

सामाजिक कार्यकर्ता आवश्यकता सम्बन्धी सूचना
प्रकाशित मिति  :२०७२/८/२३ गते
सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार तथा स्वीस सरकार बिचको दुई पक्षीय सम्झौता अनुरुप संचालित परियोजना हो । यसलाई श्रम तथा रोजगार मन्त्रालय र हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालले संयुक्त रुपमा कार्यान्वयन गरिरहेको छ । सामी परियोजनाले समाजिक लागत घटाउनको लागि लिइएको रणनीति अनुरुप खोटाङ्ग, सर्लाही, रामेछाप, नवलपरासी, धनुषा तथा कैलालीमा सामाजिक कार्यकर्ताहरुलाई मनोपरामर्शको क्षमता विकास गराई वैदेशिक रोजगारका कारणले श्रृजित समाजिक लागत न्यून गर्ने उद्देश्यका साथ काम गर्दै आईरहेको छ । धादिङ जिल्लामा २०१४ सेप्टेम्वर देखी सुरक्षित आप्रवासन(सामी) परियोजना कार्यान्वयनमा रहेको छ ।
यसै क्रममा सन् २०१६ को जनवरी देखि धादिङ्ग जिल्लामा पनि मनोपरामर्श सेवा कार्यान्वयन गर्न गईरहेका छौ । धादिङ जिल्लामा सामी परियोजनाको स्थानीय साझेदार सस्था सिड्स धादिङ मार्फत मनोसामाजिक परामर्श सेवालाई प्रभावकारी वनाउन समाजिक कार्यकर्ता आवश्यक परेकोले तपशिलमा उल्लेखित योग्यता पुगेका नेपाली नागरीकवाट आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
पदः सामाजिक कार्यकर्ता (आवश्यक संख्या– चार)
शैक्षिक योग्यताः कम्तिमा १२ कक्षा उत्तिर्ण । स्नातकलाई विशेष ग्राह्यतादिईने छ । (मनोसामाजिक, सामाजिक सेवा, समाजशास्त्र वा अन्य सामाजिक विषयहरुमा)
कार्यअनुभवः
– कम्तिमा ३ वर्ष समुदायमाकाम गरेको (मनोपरामशकर्र्ता वा सामाजिक कार्यकर्ता भई काम गरेकालाई प्राथमिकता)
ड्ड कठिन मुद्दाहरुलाई स्वतन्त्र रुपमा व्यक्तिगत तथा समुदाय स्तरमा उठाउन तथा सम्बोधन गर्न सक्ने अनुभव भएको ।
– अन्यव्यक्तिहरुको बारेमा उत्सुकता,अन्य व्यक्तिहरुको भावनालाई महशुस गर्न सक्ने, अरुको कुरा धैर्यपूर्वक सुन्न सक्ने, सेवाग्राहीसँग विश्वसनीय सम्बन्ध विकास गर्दै आत्मविश्वास बढाउन मदत गर्न ईच्छुक ।
-कम्प्युटर सम्वन्धि ज्ञान भएको ।
निर्वाह गर्नु पर्ने प्रमुखभुमिकाः
– वैदेशिक रोजगारीका कारणपारिवारिक रुपमा अप्ठ्यारोमा भएका घर परिवार पहिचान गरेर आवश्यक मनोपरामर्श सेवा प्रदान गर्ने ।
उम्मेदवाहरुले पेश गर्नुपर्ने आवश्यककागजातहरुः
-हस्त लिखित निवेदन
– व्यक्तिगत विवरण
– नागरिकता प्रमाणपत्रको प्रतिलिपि
– शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि,
– कार्य अनुभव पुष्टि हुने प्रमाण पत्रको प्रतिलिपि
– सान्दर्भिक तालिमहरु लिएको भए प्रमाणपत्रको प्रतिलिपि
नोटः
– तलव तथा अन्य सुविधाः संस्थाको नियमानुसार,
– स्थानीय लाई प्राथमिकता दिइनेछ ।
– प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुितका लागि बोलाईने छ ।
आवेदन पेशगर्ने अवधिः २०७२ मंसिर २३, बुधवारदेखि २०७२, पौष ८ गते बुधवार ४.०० वजे सम्म
आवेदन पेशगर्ने ठेगानाः सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, सिड्स धादिङको सम्पर्क कार्यालय निलकण्ठ ३ सुगमटोल,धादिङवेशी र मुख्य कार्यालय थाक्रे ३ महादेववेशी,धादिङ
थप जानकारीको लागी सम्पर्क नं ः ०१०–५२०४९३,
महिला, दलित तथा जनजातिलाई विशेष प्राथमिकता दिईनेछ । छनौट प्रकृयाको अन्तिम निर्णय सस्थामा सुरक्षित रहने छ ।