हात्ती दौडको विरोधमा ज्ञापनपत्र

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सौराहा । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा सौराहामा हुने हात्ती दौडको विरोधमा बुधबार विभिन्न व्यक्तिहरुले आयोजक समक्ष ज्ञापनपत्र बुझाएका छन् । हात्ती महोत्सवका सन्दर्भमा सञ्चालन हुने हात्ती दौड र छावाको फुटबल हात्तीको आचरण अनुकुल नभएको हुँदा त्यसलाई रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
पर्यावरण, दिगो कृषि, सामाजिक जागरण र पशु अधिकारका विषयमा चासो राख्ने सात व्यक्तिहरुले क्षेत्रीय होटल संघका अध्यक्ष र हात्ती महोत्सव मुल समिति संयोजकलाई ज्ञापनपत्र बुझाएका हुन् । हात्ती महोत्सव भिमकाय स्थल प्रणाी हात्तीसँग सम्बन्धित छ । त्यसैले यो महोत्सव त्यो जनावरको आचरण र बानीव्यवहार अनुकुल छ वा छैन भनेर हेर्नु पर्छ’ ज्ञापनपत्रमा उल्लेख छ ।
35ef5dd1e20a0f4688721119a60a949eमहोत्सवमा हुने हात्ती दौड जस्ता क्रियाकलाप हात्तीको आचरण र स्वभाव अनुकुल नभएको ज्ञापनपत्रमा उल्लेख छ । ‘आफ्नो स्वभाव विरोधी काम भए आक्रोश र तनावमा आएर हात्तीले प्रतिरोध गर्छ । हात्तीको प्रतिरोधले दुखद घटनाहरु निम्त्याउँछ । त्यसैले हामी हात्ती दौड र हात्तीको स्वभाव प्रतिकुल हुने अन्य कुनै पनि खालका कार्यक्रमलाई हात्ती महोत्सवमा सामेल नगराउन जोडदार अपिल गर्दछौं’ बिज्ञप्तीमा उल्लेख छ ।
यो मागलाई सकारात्मक श्रपमा लिन ज्ञापनपत्रमा अनुरोध गरीकोे छ । नभएर खवरदारी गर्ने अभियान जारी नै रहेने जानकारी गराइएको छ । त्रिभुवन विश्व विद्यालयका सह–प्रध्यापक डा.कृष्ण काफ्ले, कृषि तथा वन विश्व विद्यालयका उप–प्रध्यापक अनन्त सुवेदी, एनिमल राइट्स क्लबका अध्यक्ष सुराष्न श्रेष्ठ, पर्यावरणवादीहरु बसन्त राना भाट, ऋषि अधिकारी र चन्द्रप्रसाद अधिकारी तथा पत्रकार रमेशकुमार पौडेलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।