क्यानको साधारणसभा स्थगित भएको अध्यक्षको घोषणा, विवाद उत्कर्षमा

663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal-cricket-association-367x269_cधादिङ मंङ्सिर २८ -नेपाल क्रिकेट संघ क्यानको विवाद उत्कर्षमा पुगेको छ । महासचिव अशोकनाथ प्याकुरेल पक्षले सोमबारदेखि साधारणसभा हुने जनाएको छ भने अध्यक्ष टंक आङबुहाङले स्थागित भएको घोषणा गर्नुभएको छ ।

महासचिव प्याकुरेलसहित चतुरबहादुर चन्द र विनोद मैनाली समुहले सोमबार साधारणसभा हुने जनाएका छन् । साधारणसभाका लागि राष्ट्रिय खेलकुद परिषद सहमति जनाएको छैन भने निर्वाचन समिति पनि पठाएको छैन ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रतिनिधि समेत बोलाएको छैन । महासचिव प्याकुरेल समुहले आइतबार साधारणसभाको निम्तो पठाएको केही समयपछि अध्यक्ष टंक आङबुहाङले आइतबार बेलुका विज्ञप्ती निकालेर सोमबार र मंगलबार काडमाडौंमा हुने भनिएको साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गर्नु भएको हो ।

मंसिर ४ गतेको बोर्ड बैठकबाट साधारणसभा गर्ने निर्णय गरिएकोमा त्यो निर्णय अध्यक्षको स्वीकृतिबिना नै गैरकानूनी रुपमा भएको आङबुहाङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले बारम्बार संघको साधारणसभा विधि र विधानसम्मत नभएको, जिल्लाबाट आउने प्रतिनिधि चयन समेत स्वेच्छाचारी/अपारदर्शी ढंगले गरेको भनिएको तथा परिषदबाट प्रक्रिया पु¥याएर साधारणसभा गर्न भनि दिएको निर्देशन समेत पालना नगरी साधारणसभाको मिति तोकिएको आङबुहाङको विज्ञप्तीमा उल्लेख छ ।

साधारणसभाप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पनि सहमति नरहेको जानकारी प्राप्त भएकाले क्यानको साधारणसभा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको अध्यक्ष आङबुहाङले विज्ञप्तीमा उल्लेख गुर्नभएको छ ।