प्रधानमन्त्रीद्वारा बारपाकमा खानेपानी आयोजनाको शिलान्यास

492 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kpधादिङ पुस ३। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो ।

बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै उहाँले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताउनुभयो । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।

प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई रु दुई लाख अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई रु पन्ध्र लाख उपलब्ध गराउने बताउनुभयो । दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्र गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।