यो वर्ष आप्रवासीको संख्या ६ करोड नाघ्ने

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aaprabasiधादिङ पुस ४-संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी युएनएचसिआरले शरणार्थीको आश्रयका लागि एक विशाल कार्यक्रमको तयारी गर्न युरोपेली नेतासँग आग्रह गरेको छ ।

युएनएचसिआरका प्रमुख एन्टोनियो गुतेरेशले शरणार्थीको पक्षमा अहिले भरहेका काम स्वागत योग्य भएको तर यो नै पर्याप्त भने नरहेको बताउनुभएको छ । उहाँले ग्रिसमा शरणार्थीको आवेदन प्रक्रिया तीव्र पार्नु राम्रो भएको तर यसले मात्रै नपुग्ने बताउनुभयो ।

यो वर्ष अहिलेसम्म कै धेरै मानिसले आफ्नो घर छोडेर विस्थापित भएको युएनएचसिआरले जनाएको छ । यो वर्ष विस्थापित हुनेको संख्या ६ करोड नाघ्न सक्ने राष्ट्रसंघले जनाएको छ । मध्य पूर्व तथा गृह युद्धबाट गुज्रिरहेका सिरियासहतिका देशका नागरिक विस्थापित भएकार युरोप गएका छन् । यस्ता आप्रवासीको व्यवस्थापनका लागि एक उपयुक्त कार्यक्रम र सहमतिको खाँचो रहेको युएनएचसिआरले उल्लेख गरेको छ । यो वर्षको अन्त्यसम्ममा १० लाख आप्रवासी युरोप पुग्ने अनुमान गरिएको छ ।

सिरिया, यमन, लिबियासहितका देशमा जारी द्वन्द्व अन्त्य नभएसम्म विस्थापितको संख्या कम गर्न नसकिने भन्दै युएनएचसिआरले त्यस तर्फ ध्यान दिन विश्वका नेतासँग आग्रह गरेको छ । उज्यालोअनलाईबाट