फागुनमा नुवाकोटमा राष्ट्रिय कविता महोत्सव हुने

608 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

नुवाकोट- नुवाकोटमा आगामी फागुनमा राष्ट्रिय कविता महोत्सव हुने भएको छ ।

Nuwakotनुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा फागुन २५ गते सदरमुकाम विदुरमा प्रथम नुवाकोट राष्ट्रिय कविता महोत्सव आयोजना गरिन लागेको हो । प्रतियोगितात्मक कविता महोत्सवमा पहिलो हुनेलाई रु २० हजार २०, दोस्रो हुनेलाई रु १५ हजार १५ र तेस्रो हुनेलाई रु १० हजार १० सहित पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।

कविता विधाको उन्नयनका लागि आयोजना गर्न लागिएको प्रतियोगितामा ७५ जिल्लाका पाँच सय स्रष्टा सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्नको लागि छ उपसमिति समेत गठन गरिएको छ ।