कक्षा ११ को नतिजा सार्वजनिक, ४९.२० प्रतिशत उत्तीर्ण 

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर – परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा बिहीबार सार्वजनिक भएको छ । नतिजा अनुसार कक्षा ११ मा ४९.२० प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । नियमिततर्फ कुल २ लाख ४३ लाख ७ सय ३१ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ लाख १९ हजार ९ सय १६ विद्यार्थी उतीर्ण भएका छन् । कक्षा ११ को नतिजा एडुखबर मार्फत थाहा पाउन सकिन्छ । यो गत बर्ष भन्दा २ प्रतिशले बढी हो । गत बर्ष नियमिततर्फ ४७.२६ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका थिए  ।

hsebयस्तै आंशिकतर्फ ३४.६५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । कुल १ लाख २६ हजार ९ सय ३० जना विद्यार्थीले परिक्षा दिएकामा ४३ हजार ९ सय ८३ जना उतीर्ण भएका परिक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।  गत बर्ष आंशिकतर्फ ३३.१५ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका थिए ।

परीक्षा दिएकामध्ये नियमित तर्फ ६१ परीक्षार्थीको परिक्षाफल रद्ध गरिएको छ भने ४ जनाको स्थगित गरिएको छ। यस्तै आंशिक तर्फ ३५ जनाको परिक्षाफल रद्ध गरिएको छ भने ५ जनाको स्थगित गरिएको छ। परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम  अनुसार गत असोजमै नतिजा सार्वजनिक हुनु पर्ने थियो । तर, परीक्षा भएको ६ महिना सम्म नतिजा सार्वजनिक नहुँदा विद्यार्थी र अभिभावक हैरान भएका थिए ।

परीक्षा फारम खुल्ने दुई दिन अघि सम्म पनि नतिजा सार्वजनिक नहुँदा परिषद्को कार्यसम्पादनमै प्रश्न उब्जिएको थियो । माघ १ गते देखि परीक्षा फारम खोल्ने परिषद्को शैक्षिक क्यालेण्डरमा उल्लेख छ । नतिजा सार्वजनिक गर्नु अघि बुधबार बसेको परीक्षा बोर्डको बैठकले परिषद्को परीक्षा नियन्त्रण कार्यालयले तयार पारेको नतिजालाई सदर गरेको थियो । कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो । परीक्षामा आंशिक र नियमित गरी ३ लाख ४६ हजार ५ सय ६७ जना विद्यार्थी सहभागि रहेका थिए ।माघ २९ गते मौका परिक्षा तोकिएको छ। नतिजाका लागि : http://edukhabar.com/result/ क्लिक गर्नुहोस्