फिस्लिङ्ग नजिकै दुर्घटना १ को मृत्यु २९ जना घाइते

670 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Accident-fishling-5-660x330फिस्लिङ्ग-काठमाण्डौ बाट भैरहवा जादै गरेको लु १ ख ८७२५ नम्बरको यात्रुबाहक बस विपरित दिशाबाट आउदै गरको ना १ ज ५०० नम्बरको माइक्रोबस पृथ्वी राजमार्ग अन्तरगत फिस्लिङ्ग नजिकै एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु र २५ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन बाकी छ भने घाइतेहरुको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको छ ।
दुर्घटनामा २ जना बसमा चेपिएको अवस्थामा सशस्त्र प्रहरी विपद् व्यवस्थापन टोली कुरिनटार, इलाका प्रहरी कार्याय मुग्लिनबाट खटिएको टोली र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा करिब २ घण्टा पछि घाइतेको उद्धार गरिएको थियो ।
अत्याधिक गतिमा ओभर ट्रेक गर्ने क्रममा उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छन् । दुर्घटना पछि पृथ्वीराजमार्ग केही बेर अबरुद्ध भएको थियो भने बसमा च्यापिएका घाइतेहरुको उद्धार पछि राजमार्ग सुचारु गरिएको थियो ।