न्यानो कपडाको रकम माग्दै स्थानीय प्रशासन घेराउ

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

27012016073829cdo-dhading-(1)-1000x0 भुकम्प पीडितहरु लाई  न्यानो कपडा खरिद गर्न सरकारले घोषणा गरेको १० हजार नगद रकम हाल सम्म नपाएको भन्दै कुम्पुर गाविसका स्थानीयवासीहरुले वुधवार स्थानीय प्रशासन घेराउ गरेका छन् ।

करिव १ हजार जनाको जुलुशले वुधवार दिनभर नारावाजी र स्थानीय प्रशासन घेराउ गरि अन्य गाविस सरह न्यानो कपडा खरिद गर्ने नगद राहत तत्काल उपलव्ध गराउन माग गर्दै २५ सय घरधुरीको माग पत्र समेत वुझाएका थिए ।

गत पुस ३ गतेको जिल्ला दैवी प्रकोप उद्धार समितीले गरेको निर्णय अनुसार न्यानो कपडा वितरण गर्न नगदै राहत वितरण गर्न धनगढी वाट भुकम्प पछि आएको फाया नेपाल नामक गैससलाई कुम्पुर र सल्यानकोट गाविसमा अनुमती दिएको थियो । उक्त संस्थाले नगदको साटो २ हजारका दरले पसलहरु वाट सामान खरिद गरि लैजान कुपन दिक्ो थियो । नगदको साटो कुपन दिए उक्त संस्थाका कर्मचारीलाई सल्यानकोट गाविस वाट स्थानीयवासीले लखेटेका थिए । ‘सल्यानकोट गाविसमा कुपन वितरण गर्न नपाएको उक्त संस्थाले जोगीमारामा गत हप्ता मात्रै नगदै दिएको र कुम्पुर गाविसमा १० हजारको न्यानो कपडा खरिद गर्न कुपन दिएको रिपोर्ट स्थानीय प्रशासन लाई प्राप्त भएको ‘ प्रजिअ विस्वप्रकाश सुवेदीले वताए ।
‘गत पुस ३ गते ढोला, मैदी, कुम्पुर, खरी, सल्यानकोट र खाल्टे गाविसमा सिआरएस, फाया , रेडक्रस लगायतका संस्थाहरु लाई सरकारको साटो न्यानो कपडा को रकम वितरण गर्न पठाउने र उक्त गाविसमा सरकारी राहत ६ वटा गाविसमा सरकारी नगद नपठाईने निर्णय भएकोले उक्त गाविसमा नगद नपठाएको प्रजिअ सुवेदीले दावी गरे । उक्त निर्णय आफुहरु लाई झुक्क्याएर हस्ताक्षर गराईएको र वितरण गर्न पठाएको संस्थाले पनि नगद वितरण नगरि १० हजारको कुपनमा ६ हजार वरावरका मात्रै लत्ता कपडा पाएकोले सरकारी नगद पाउनै पर्ने दावी राजनैतिक दलहरुले गरेका छन् ।
‘जिल्ला दैवी प्रकोप उद्धार समितीको निर्णय अनुसार नगद वितरण नगरि आफुखुसी गएर लत्ताकपडा वितरण गरि अन्यौल सिर्जनागर्ने फाया नेपाल लगायत अन्य संस्थाहरु लाई कार्वाहीको दायरामा ल्याउनु पर्ने ‘एनेकपा माओवादीका अध्यक्ष रामवहादुर भण्डारीले वताएका छन् ।’
राजनैतिक दलहरुले केयर नेपाल नामक अन्र्तराष्ट्रिय गैससले न्यानो कपडा खरिद गर्न १३ हजारको कुपन वितरण गरेका फुलखर्क, वसेरी लगायतका गाविसमा सरकारी नगद १० हजार पनि गएकोले कुम्पुरले पनि पाउनु पर्ने जिकिर गरेका थिए । ‘ संस्थाहरुको मनपरि वितरणले कुनै गाविसमा ५३ हजार जति नगद वितरण भैसकेको र कतै का भुकम्प पिडितहरुले १५ हजारमै चित्त वुझाउनु परेको’नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी वताउंछन् ।
स्थानीय प्रशासनमा ६९ करोड रकम न्यानो कपडाको लागी वितरणभै ७ करोड ६० लाख रकम वचेकोछ ।
दिनभरको छलफल पछि राजनैतिक दलहरुको तर्फवाट नेपाली कांगैैसका रामनाथ अधिकारी, नेकपा एमालेका भुमी त्रिपाठी र एमाओवादीका रामवहादुर भण्डारीले न्यानोकपडाको रकम निकासा गर्न राजनैतिक रुपमै र स्थानीय प्रशासनले आईतवार सम्म निक्र्यौल गर्ने वताए पछि स्थानीयवासीहरु फर्केका थिए इ कान्तिपुर मा खबर छ । ।