सामुदायिक बिद्यालय सुधारबारे शैक्षिक अर्न्तरक्रिया

853 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


12592407_607557042716357_3331782310409563230_n (2)

किशोर अधिकारी 

बैरेनी-बागेश्वरी उच्चमाबि बैरेनी स्रोतकेन्द्रको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको समन्वयमा  गल्छि बैरेनीमा सामुदायिक बिद्यालय सुधार अभियान बारे शैक्षिक अर्न्तरक्रिया कार्यक्रम सम्पन्ऩ भयको छ। बागेश्वरी उमाबि बैरेनीका प्रधानाध्यापक राजन प्रसाद अधिकारीको अध्यक्षता तथा प्राध्यापक तथा शिक्षा बिद् डाक्टर बिद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा धादिङका जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकाल, बिद्यालय सुधारका अभियान्ता धनन्जय शर्मा.पूर्बराष्ट्रपतिका प्रेस सल्लाकार एब शिक्षक मासिकका प्रधान सम्पादक राजेन्द्र दाहाल. सहायक जिल्ला शिक्षा अधिकारी भगवान पौड्याल. बिद्यालय निरिक्षक केदार प्रसाद ढकाल ,स्रोतब्यक्ती रामजी प्रसाद गौतम र पूर्ब प्रधानाध्यापक धुर्बराज खतिबडा ले मन्तब्य राख्नुभयको थियो। कार्यक्रममा बैरेनी स्रोतकेन्द्र भित्रका किरान्चोक र बैरेनी गाबिसमा कार्यरत बत्तिस बिद्यालयका दुईसय शिक्षकहरूको सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै शिक्षाबिद् बिद्यानाथ कोईरालाले सामुदायिक बिद्यालय सुधारका लागी शिक्षकको महत्वपूर्ण भुमिका रहने भन्दै अब्बल बिद्यार्थी निर्माणका लागि बिद्यार्थीको क्षमता यूग सुहाँउदो शैक्षिक सामग्री र शैली.अपनाएर शिक्षण गरी बिद्यार्थीको रूचि भाबना धर्म सस्कृँति अनुसार सिकाउने र राम्रो काम गर्ने शिक्षक र बिद्यार्थीलाई सम्मान गरी उनिहरूको रेकर्ड राख्नुपर्ने भन्दै बिद्यालय सुधारका उपायहरुबारे प्रष्ट्याउनुभयको थियो।त्यस्तै बिद्यालय सुधारका अभियानता धनन्जय शर्माले शिक्षकहरूलाई बिभिन्ऩ नाममा बिभाजनबाट शिक्षकको बेमेलको अबस्था आई मानसिकता धमिल्याउने कार्य गर्न नहुने भन्दै यस्ता कार्यले शैक्षिक सुधार ल्याउन कठिन भयको धारणा राख्नुभयो।शिक्षण सुधारकालागी कक्षा शिक्षण एक उपयूक्त र प्रभाबकारी बिधि भयकाले पहिले जग बलियो बनाईनुपर्ने धारणा राख्दै दन्डरहित शिक्षण र प्रेत्सासन र हौसलाको बिकास गर्नु पर्नेमा जोड दिनु भयो।त्यस्तै जिल्ला शिक्षा अधिकारी गेणेस प्र ढकाल ले शिक्षकहरूलाई आ आफ्नो कार्यमा जिम्बेवार बन्ऩ आग्रह गर्नुभयो।कार्यक्रमको साथमा बनभोज कार्यक्रम समेत भयको थियो।