सक्सेस एकेडेमीको ५ औं वार्षिकोत्सव सम्पन्न

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sakses-Ackedemi-4-650x488

Sakses-Ackedemi (1)

धादिङ,-सक्सेस एकेडेमी स्कुलले आफ्नो ५ औं बार्षिकोत्सव भब्य रुपमा मनाएको छ ।

श्रीपन्चमीको अवसर पारेर सो बिद्यालयले आयोजना गरेको ५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा सो बिद्यालयका छात्र छात्राले बिभिन्न मनोरज्नात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।

बरिष्ठ संचारकर्मी तथा कवी डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद अधिकारीले बितेको ५ वर्षमा बिद्यालयले गरेको प्रगतीका बारेमा अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो ।

प््रामुख अतिथि डा. लम्सालले आजका युवा युवती भनेका भोलिकालागि मुलुकका कर्णधार भएकाले बिद्यार्थीहरुले कितावी ज्ञान संगै बाह्य ज्ञानलाई पनि आत्मसाथ गर्नु पर्ने बताउनु भएको थियो ।

सो कार्यक्रममा सोही बिद्यालयमा कक्षा ३ मा अध्ययनरत रुक्सा थापाको प्रस्तुतीले सबैलाई स्तब्ध बनाएको थियो ।
तीन बर्ष अघि सडक दुर्घटनामा परेर एउटा हात र खुट्टा गुमाएकी थापाले चौवन्दीमा पटुकी बाधेंको छैन भन्दैमा भन्ने बोलको गितमा उनले देखाएको नृत्यले सबै उपस्थित अभिभावकलाई भावबिह्वल बनाएको थियो ।

भबिष्यमा राम्रो चिकित्सक बन्ने लक्ष्य लिएकी थापाले अवसर पाए आफ्नो प्रतिभा आम नेपाली दादुभाई दिदी बहिनीलाई देखाउन आतुर रहेको बताईन ।

सो कार्यक्रममा शिक्षा सेवीहरु पुरुर्षोत्तम अधिकारी पण्डित शेषकान्त रिमाल, बिद्यालयका एकेडेमिक इन्र्चाज जगत रिजाल, बिद्यालय ब्यवस्थापन समितिका सदस्य दीपक कार्की लगायतले स्कुलको प्रगतिकालागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सो क्षेत्रमा राम्रो शिक्षा प्रदान गर्दै आएको सो बिद्यालयले दुर्घटनामा हात खुट्टा गुमाएकी सोही स्कुलकी छात्रा थापालाई आर्थिक सहयोग समेत गरेको छ ।

Sakses-Ackedemi (2) Sakses-Ackedemi (4)