भुकम्पले घर विहिन हुन पुगेका महिलाहरु चिन्तामा

1054 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैशाख १२ गतेको भुकम्प पछि घरवार विहिन हुन पुगेका उत्तरी धादिङका झार्लाङ, दार्खा र रि गाविसका महिलाहरु अब कसरी जिवन जिउने भन्ने चिन्तामा परेका छन् । भुकम्प गएको ९ महिना भईसक्दा पनि घर वनाउन नसकेर शिविरमा बस्दै आईरहेका उनीहरु अब के गर्ने भन्ने अन्यौलमा परेका छन । सदरमुकाम नजिकैको साङकोष तातोपानीमा त्रिपालको शिविर वनाएर बस्दै आईरहेका उनिहरुलाई पनि अबको दिन कसरी अघि बढाउने भन्ने मुख्य समस्या रहेको छ । तातोपानी शिविरमा रहेका ४५ जना महिलाहरु घरविहिन अवस्थामा रहेको शिविरमा बस्दै आईरहनु भएकी झार्लाङ ३ का सरला तामाङ बताउनुहुन्छ ।
gau-nai-nasta-111-300x208शिविरमा बस्नेहरुलाई अहिले सम्म विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आईरहेको भएपनि पछिल्ला दिनहरुमा सहयोग आउनेक्रम घट्दै गएकोले उनिहरु अब कता जाने र केगर्ने भन्नेमा परेका हुन ।
भुकम्पमा परेर पिडितभएका उत्तरी धादिङका ३ गाविसका महिलाहरुको लागि फोकस नेपाल धादिङ, औरा पिरिडम र यापिरिङ संस्थाले महिला मैत्री सीपमूलक तालिम तथा तथा प्रौढ शिक्षाको तालिम संचालन गरेपनि जिविकोपार्जनमा तत्काल सहयोग पुग्ने तालिम नपाउंदा उनिहरुमा अन्यौल बढेको हो । केही महिलालाई धागोबाट बुन्ने सामग्रीहरु टोपी, गलबन्दी, बुन्न सिकाईएको र महिला माथि हुने यौन दुब्र्यवहार, यौनजन्य कार्य बालबिबाह भनेको के हो ?, लैङिगक हिंसा र घरेली हिंसा सम्बन्धी जानकारी गराइएको फोकस नेपाल धादिङका प्रमिला रुवाली बताउनु भयो । आफ्नो नाम समेत लेख्न नजान्ने झार्लाङका महिलाहरुमा भने तालिम पछि केही सुधार आएको र गाउँमै धागो सम्बन्धी काम गरेर आफूले सिकेको कुरा गाउँमा अरुलाई पनि सिकाउने भुकम्प पीडित सरला तामाङ बताउनु हुन्छ । भुकम्पले घर पुर्ण रुपमा भत्केको र जग्गा जमिन पुरै भाँसिएर आफ्नो पुख्यौली बस्तीबाट अलग भएर बसेको करिब ११ महिना बितिसक्दा अब दिनहरु भने कहा र कसरी बिताउने भन्ने चिन्ताले सताई रहेको झार्लाङका भुकम्प पीडितहरु बताउँछन् । तर भुकम्पबाट पीडित भएका उत्तरी धादिङ झार्लाङ, दार्खा र रि गाविसका बासिन्दालाई सिपमुलक तालिमसंगै बसोबासको ब्यबस्था मिलाउनु पर्ने उनिहरुको माग छ ।