पश्चिमा गीत सुनेको भन्दै किशोरको घाँटी रेटियो

766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


ISIS_murder_western_music1_411271185फोटो :एजेन्सी
एजेन्सी: इस्लामिक कट्टरपन्थी समूह आइएसले पश्चिमा गीत (वेस्टर्न म्युजिक) सुनेको भन्दै १५ वर्षीय इराकी किशोरको हत्या गरेको छ। इराकी शहर मोसुलमा पप गीत सुनेर रमाइरहेका बेला १५ वर्षीय एह्याम हुसेनलाई आइएसका लडाकूहरुले समातेर घाँटी रेटी हत्या गरेका हुन्।
उनलाई आइएसका लडाकूहरुले आमजनमानसमा क्षमा माग्न लगाउँदै मर्नुभन्दा पहिला ‘इस्लामिक कंगारु कोर्ट’मा पुर्याइएको थियो। निभेस मिडिया सेन्टरका प्रवक्ता एआरए समाचारलाई  भनेका छन्, ‘एह्यामलाई मोसुलको एक ग्रोसरी पसलमा बुवासँग म्युजिक सुनिरहेका बेला वेस्टर्न म्यूजिक सुनेको भन्दै जिहादीहरुले समातेर लगे।’
हत्या गरिएका युवा हुसेनको शव आइएसले उनको परिवारलाई मंगलबारै पठाइ दिएको छ। कट्टरपन्थी समूह आइएस आफू अनुकुलको न्याय स्थापना गर्न इराक र सिरिया लगायतका क्षेत्रहरुमा सक्रिय रहेका छन्। उनीहरुले घरेलु यौनजन्य हिंसात्मक घटनालाई समेत प्रश्रय दिइरहेका छन्।
दुई वर्षअघि पनि आइएसले ‘कारमा, पार्टीमा, पसल र सार्वजनिक ठाउँमा साथसाथै फोटो खिच्ने ठाउँमा समेत संगीत सुन्न प्रतिबन्ध लगाएको थियो। ‘गीत र संगीत’ इस्लाम धर्म र भगवानको लागि सख्त मनाही रहेकाले यसो गर्नु मानवताविरुद्ध भ्रष्टाचार जत्तिकै अपराधकारुपमा आइएसले व्याख्या गर्दै आएको छ।
गत हप्ता मात्रै सिरियाको रक्का भन्ने ठाउँमा आइएसका लडाकुले धारिलो हतियारले इस्लामविरुद्ध बोल्नेको औँला काटेका थिए अन्नपूर्ण पोष्ट डट कम ले खबर लेखेको छ ।