पूर्व सहकारी शिक्षा तालिम सम्पन्न

1129 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संगिता आले मगर, धादिङ/ नीलकण्ठ नगरपालिका वडा नं. १० चिप्लेटिमा आज १ दिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।

बाघबच्छला महिला समूहमा सम्पन्न तालिममा महिला समूहका ३५ जना सदस्यको उपस्थित रहेको थियो । एक्सन नेपाल, हेफर इन्टरनेशनल नेपाल र साविकको मुरलिभञ्ज्याङ गा.वि.स.को संयुक्त साझेदारीमा संचालित साना किसान उद्यमी सवलीकरण परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको थियो । सहकारी के हो, सहकारीको महत्व, सहकारीका क्षेत्र, सहकारीले ग्रामीण क्षेत्रमा पु¥याउन सक्ने प्रभाव, सहकारीमा आवद्ध हुनको लागि पार गर्नुपर्ने चरण, सहकारीमा बस्दा हुने फाइदा लगायतका अन्य सम्बन्धित विषयवस्तुमाथि जानकारी गराइएको थियो । तालिमको सहजीकरण एक्सन नेपालका सामुदायिक सहजकर्ता मिना लम्साल र फत्तकुमारी श्रेष्ठले गर्नुभएको थियो ।

यस अगाडि मुरलीभञ्ज्याङमा गठन भएका परियोजनामा आवद्ध ३७ वटा महिला समूहका ९२७ जना महिला सदस्यहरुलाई पनि सो तालिम प्रदान भइसकेको छ ।