कटुञ्जेमा शौचालय निर्माण सम्बन्धि तालिम सम्पन्न

1055 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

For Newsसंगिता आले मगर, कटुञ्जे/ एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा शौचालय निर्माण सम्बन्धि तालिम कटुञ्जे गाविसमा सम्पन्न भएको छ । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै ३०० वटा सफा चर्पीको निर्माण गर्नेछन् ।
हालसम्म नीलकण्ठ नगरपालिका वडा नं. ८, ९ र १०, कुम्पुर, केवलपुर र कटुञ्जे गरि १ नगरपालिका र ३ वटा गाविसमा ११ वटा मिस्त्रि तालिम सम्पन्न भइसकेको छ । उक्त तालिम ज्यामरुङ गा.वि.स.मा ३ वटा र एउटा प्रयोगात्मक अभ्यास हुने प्रशिक्षक वास इन्जिनियर सागर कार्कीले जानकारी दिनुभयो ।
कटुञ्जेमा सम्पन्न तालिममा ९ वटै वडाका ४५ जना मिस्त्रिहरुले तालिम लिनुभएको थियो । विभिन्न जातजाती, समुदाय र वर्गका महिला पुरुष, युवा युवती देखि वयस्क बृद्ध समेतको समानुपातिक सहभागि रहेको थियो । तालिम पश्चात सहभागिहरुले गाउँमै विद्यालय, स्वास्थ्य चौकी र समुदायमा सफा चर्पी र खानेपानीको मुहान मर्मत– सुधार साथै स्नान गृहको निर्माण पनि गर्नेछन् ।