कर्मचारी आवश्यकता सम्बन्धि सूचना

867 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र यू.एम.एन.को आर्थिक तथा प्राविधिक सहयोगमा धादिङ्ग जिल्लाका महादेवस्थान र पिडा गाविसमा संचालन हुने Dhading Disaater Response programme का लागि २ जना सामाजिक परिचालक करारमा नियुक्ति गर्नुपर्ने भएको हुँदा नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित २०७२ फाल्गुन २३ गते सम्म उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्धारलाई मात्र परीक्षमा समावेश गराईनेछ ।
Prayas_Nepal_HJP_Dec_20_2015_1-Bannerआवश्यक संख्या ः सामाजिक परिचालक
पद ः२ जना
प्रमुख जिम्मेवारीहरुः
 समुह व्यवस्थापन र समुदायका सदस्यहरुको विकासका लागि विषयहरुको उठान तथा सहजीकरण गर्ने ।
 सेल्टर निर्माण कार्य सम्बन्धि बिषयमा सहजिकरण गर्ने
 मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग ।
 दिगो पूर्वाधार निर्माण लगायत विभिन्न विषय सम्वन्धि तालिमहरु सहजीकरण गर्ने र
 कार्यक्रम अनुगमन गर्ने ।
 मासिक प्रतिवेदन तयार गर्ने
आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
ड्ड कम्तीमा १०+२ पास गरेको
ड्ड पूर्वाधार(निर्माण) को क्षेत्रमा कम्तीमा २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको । (से
ड्ड समुह, समुदाय परिचालन र सहजिकरण गर्ने सीप भएको ।
ड्ड एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको,कम्प्युटर सीप भएको (नेपाली टाईप राम्रोसँग गर्नसक्ने)
ड्ड समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको,दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने र चाहने

परिक्षाको किसिम ः लिखित,प्रयोगात्मक र अन्तवार्ता
दरखास्त बुझउने ठेगाना ः प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
ईमेल ः

[email protected]
करार अवधि ः ५ महिना (कार्य सम्पादन मुल्याङ्कन आधारमा १ बर्ष थप्न सकिने छ ।)
पारिश्रमिक ः संस्थाको नियम अनुसार हुनेछ ।
दरखास्त बुझाउने अन्तिम मिति ः २०७२ फाल्गुन २३ गते ४ ः ०० बजे सम्म मात्र
(नोट ः पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्र्पकलाई निरुत्साहित गरिनेछ ।)
पदपुर्ती समिति
प्रयास नेपाल धादिङ