धादिङका बन जंगलमा जताततै डढेलो

769 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सामुदायिक वनहरुको वेवास्ताका कारण धादिङका अधिकांस सामुदायिक वनजंगलहरुमा डढेलो लागेको छ । डढेलोले पृथ्वीराजमार्गको वेनीघाट, गजुरी, जोगीमारा ,सलाङ, नलाङ गाविसका हरेक जसो सामुदायिक वनहरु सखाप पारेकोछ । सदरमुकाम नीलकण्ठ नगरपालिकाकै तल्लोवेंसी र ससाहा वनक्षेत्रमा भिषण डढेलो लागेको हो । ‘नेपालकै सव भन्दा वढी ६ सय ७२ वटा सामुदायिक वनहरु धादिङमा दर्ता छन् । सामुदायिक जंगल र मानवीवस्ती निकै नजिकै रहेका कारण पनि डढेलो लाग्ने गरेको’ जिल्ला वन कार्यालयका जिल्ला वन सहायक सुदिप छत्कुलीले वताए ।

02032016050819index-1000x0पशुपालन गरेका स्थानीयवासीहरुले नयाँपालुवा पलाए पछि गाईवस्तु चराउन सजिलो हुने भन्दै डढेलो लगाउने गरेका छन् भने दाउरा संकलनमा पनि सहज गराउन डढेलो लगाउने गरेको स्थानीयवासीहरु वताउाछन् ।

विगतका वर्षहरुमा सामुदायिक वन उपभोक्ता महासंघको पहलमा जिल्लाका विभिन्न स्थानहरुमास्थानीय वनउपभोक्ता र सहकारीहरु लाई विरुद्ध डढेलोका चेतनामुलक कार्यक्रम हरु संचालन गरेकोले निकै कम डढेलो लागेको थियो । ‘तर लापरवाहीकै कारण यसपाला त धादिङमो गत पुस महिना वाटै डढेलो लाग्न शुरु गरेको छ ‘ तल्लोवेंसीका शिक्षक विष्णु अधिकारीले वताए ।

कतिपय सामुदायिक वनजंगलमा लागेको डढेलो स्थानीय उपभोक्ताहरुले सामुहिक प्रयासबाट निभाएर आगलागी नियन्त्रणमा लगेका छन् भने अधिकांस समुदायिकवन जंगल डढेलोले सखाप वनाएकोछ ई कान्तिपुरले खबर लेखेको छ ।

AM7