खाल्टेमा गाउँ बाल संरक्षण समिति गठन

907 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नयन केसी÷धादिङ खाल्टे

( बालबालिकाहरुको संरक्षण एवम् सम्बद्र्धनका लागि खाल्टेमा ११ सदस्यीय गाउँ बाल संरक्षण समिति गठन भएको छ । खाल्टे गाउँ विकास समितिका गाविस सचिव बिर बहादुर दुवाडीको सभापतित्वमा शनिबार गाविस भवनमा आयोजित भेलाले सचिव दुवाडीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको सचिवमा नारायण खत्री रहेका छन् भने अन्य सदस्यमा समिर गुरुङ, संगीता मगर, गोविन्द रिजाल, नवराज खतिवडा, विष्णु रोक्का, सिद्ध गुरुङ, मनिता गुरुङ, तारा गुरुङ र सुनिता पाण्डे रहनु भएको छ ।

20160312_160418 (1)वल्र्ड भिजनको साझेदारी तथा प्रयास नेपाल धादिङको समन्वयमा खाल्टे गाउँ विकास समितिको आयोजनामा भएको भेलामा नेपलाी काङ्ग्रेसका गाउँ पार्टी प्रतिनिधि नवराज खतिवडा, नेकपा एमालेका ठम बहादुर मगर, एनेकपा माओवादीका विष्णु प्रसाद ढुङ्गाना, शान्ति समितिका नवराज ढुङ्गाना, प्रयास नेपाल धादिङका फिल्ड अफिसर भिम चेपाङ, सामाजिक परिचालक शर्मिला न्यौपाने र एकराज पण्डित लगायतको उपस्थिति रहेको थियो ।

समितिले गाविस भरमा विशेष हेरचाह एवम् संरक्षणको आवश्यकता भएका बालालिकाहरुको पहिचान गर्ने, बाल अधिकारको प्रवद्र्धनात्मक तथा संरक्षणात्मक कार्यहरु गर्ने लगायतका बालबालिका संग सम्बन्धित कार्यक्रमहरु गर्ने समितिका संयोजक बिर बहादुर दुवाडीले जानकारी दिनु भयो ।