देशभर एसएलसीमा सवा ६ लाख विद्यार्थी-धादिङमा १ सय ५ जना विद्यार्थी अनुपस्थित

820 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-१८ चैत, –  यस वर्षको एसएलसी परीक्षा 10650057_10206053730317942_932633674262058431_n सुरु भएको छ ।  ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी एसएलसी परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो ।

धादिङबाट जम्मा ७ हजार २ सय ४४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । जसमा नियमित तर्फ २९ सय ९२ जना छात्र र ३४ सय १७ जना छात्रा गरी जम्मा ६ हजार ४ सय ९ जना रहेका छन् भने एक्जाम्टेड तर्फ २ सय ८० जना छात्र र ५ सय ९७ जना छात्रा गरी ८ सय ३५ जना परिक्षार्थीले परिक्षा दिएका छन् ।

१ सय ५ जना विद्यार्थी अनुपस्थित

१ सय ५ जना विद्यार्थी अनुपस्थित रहेका जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । नियमित तर्फ १३ जना छात्र र २७ जना छात्रा गरी जम्मा ४० जना रहेका छन् भने एक्जाम्टेड तर्फ ३३ छात्र र ३२ जना छात्रा गरी जम्मा ६५ जना आज अंग्रेजी विषयको परिक्षामा अनुपस्थित रहेका हुन् ।

दुईजना दृष्टिविहिन विद्यार्थी

एसएलसी परीक्षामा धादिङ जिल्लाबाट दुईजना दृष्टिविहिन विद्यार्थीले परीक्षा दिएका छन् ।धादिङको सिम्लेमा रहेको महाकाली उमावि परीक्षा केन्द्रबाट शाालिकग्राम नेपाल र सरस्वती खनालले परीक्षा दिएका हुन् । उनीहरु दुवैजना थाक्रेमा रहेको जनजागृति उमाविमा अध्ययनरत छन् । नेपालको परीक्षा कक्षा ९ का वीर बहादुर राइ र खनालको परीक्षा पवित्रा लामाले दिएका थिए ।

नक्कली परिक्षार्थी सर्मिला तामाङ पक्राउ

एस एल सीको पहिलो दिन विहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने  क्रम  धादिङको महेन्द्रवाराही उमावि  कटुन्जे परीक्षा केन्द्रमा  नक्कली परिक्षार्थी सर्मिला तामाङ पक्राउ परेका छन् ।  उनलाइ आफ्नै दिदी प्रेममाया तामाङको सट्टामा परीक्षा दिने क्रममा पक्राउ गरीएको हो । उनीहरु धादिङको मार्पाकमा रहेको तामाङखर्क माविबाट एसएलसी परीक्षा दिएका हुन् ।

यस पटक साधारण विषयमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार २ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।

देशभरीबाट प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ र सबैभन्दा कम मनाङबाट ६३ जना सहभागी हुँदैछन् ।

६ लाखभन्दा बढी विद्यार्थीले देशभरिबाट १ हजार ९ सय ४३ परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको परिक्षा नियन्त्र कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौं जिल्लामा छ । यो जिल्लामा ३६ हजार ७ सय विद्यार्थीको लागि ९३ परीक्षा केन्द्र तोकिएको छ भने सवैभन्दा कम परीक्षा केन्द्र मनाङ र मुस्ताङ जिल्लामा छ । यी जिल्लामा एकएक परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षा मन्त्रालयले सहसचिवहरुको नेतृत्वमा १८ वटा समूह बनाएर अनुगमनको लागि खटाएको छ ।

एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।