नामिबियाविरुद्ध नेपालको सानदार जित

812 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिवार भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ ।

imagesकीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको १९६ रनको विजयी लक्ष्य ४७.१ ओभरमा भेटायो । नेपालले ५ विकेट गुमाउँदै उसको लक्ष्यलाई पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९५ रनको योगफल तयार गरेको थियो ।

नेपालको फिल्डमा शरद भेषवाकरले अर्धशतक बनाए । उनले ९९ बल खेल्दै ५० रन बनाए । त्यसैगरी विनोद भण्डारीले ४० रन बनाए ।