रकेस्ना बस्नेतको अध्यक्षतामा सहयात्री समाज नेपालको नयाँ कार्यसमिति चयन

763 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

12391390_894749357281783_4282754693100240122_nबैशाख ९-२०६४ सालमा सामाजिक परिचालनको क्षेत्रमा काम गर्ने युवा महिलाहरुद्धारा स्थापना गरिएको सहयात्री समाज नेपालको तेस्रो अधिवेशन धादिङ्गबेशीमा सम्पन्न भएको छ । श्रोत, शक्ति र सत्तामा समान अधिकार विभेदमुक्त जीवन हाम्रो अधिकार भन्ने नाराका साथ सम्पन्न अधिवेशन अध्यक्ष सिता अधिकारीको अध्यक्षतामा भएको हो । कार्यक्रममा कार्यकारी निर्देशक राधिका सापकोटाले संस्थाले हाल सञ्चालन गरेको कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै संस्थाका कोषाध्यक्ष रकेस्ना बस्नेतले संस्थाको आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
सहयात्री समाज नेपालले हाल जिल्लामा महिला अधिकार,न्याय र समानताको क्षेत्रमा काम गरिरहेको छ । महिला र किशोरीहरुलाई शसक्तिकरण, विकास र अधिकारको लागि संगठित गर्दै लैगिङ्ग लगायत सवै प्रकारका हिंसा अन्त्य गर्दै महिलाको न्यायमा पहुँच पुर्याउनका लागि पैरवी र मध्यस्थता गर्ने र हिंसा प्रभावित महिलाहरुको पुर्नस्थापनाका लागि सुरक्षित आवस गृह सञ्चालन गर्ने काम गर्दै आएको छ । यसैवीच अधिवेशनले रकेस्ना बस्नेतको अध्यक्षतामा सात सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा विष्णु कुमारी चेपाङ्ग, सचिव लुना सिलवाल र कोषाध्यक्ष अम्बिका घिमिरे श्रेष्ठ रहनुभएको छ ।