सहकारी संस्थाहरुको दर्ता खारेज गर्ने बारेको सूचना ।

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकार
सहकारी तथा गरिवी निवारण मन्त्रालय
सहकारी विभाग
डिभिजन सहकारी कार्यालय
धादिङबेंसी, धादिङ

पत्र संख्या : ०७२/०७३                                            मिति/ २०७३/०१/१५
प्रथम पटक सूचना प्रकाशित मिति २०७३/०१/१५
बिषय ः सहकारी संस्थाहरुको दर्ता खारेज गर्ने बारेको सूचना ।

यस जिल्लामा संचालन हुने गरि दर्ता भएका देहाय बमोजिमका सहकारी संस्थाहरुले सहकारी ऐन, नियम तथा सम्बन्धित संस्थाको विनियम बमोजिम कार्य संचालन गर्नु पर्नेमा विगत २ वर्षदेखि सहकारी ऐन २०४८ को दफा ३४ बमोजिमका विवरणहरु यस कार्यालयलाई नबुझाएकोले यथसिघ्र पेश गर्नुहुन र पेश नगरेमा निष्क्रिय सहकारी संस्थाको सुचिमा राखि खारेजी तर्फको कामकारवाही अगाडि बढाउन तपशिल अनुसारका संस्था सम्पर्कमा नआएको हुंदा सहकारी ऐन २०४८ को दफा ४१ बमोजिम संस्था दर्ता खारेज गर्नेतर्फ कारवही गरिने भएकोले दर्ता खारेजी किन नगर्ने ? दर्ता खारेजी गर्नु नपर्ने कुनै कारण भए कारण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र आवश्यक प्रमाण पेश गर्नु हुन अनुरोध गरिन्छ । अन्यथा यसै सूचनालाई आधार मानी सहकारी संस्था दर्ता खारेज हुने व्यहोरा जानकारी गराईन्छ । सहकारी सस्ंथाको दर्ता खारेजीले कोहि कसैलाई हानि नोक्सानी वा मर्का पर्न जाने भए के कती कारणवाट मर्का पर्न जाने हो तोकिएको उक्त म्याद भित्र स–प्रमाण यस कार्यालयमा निवेदन पेश गर्नु हुन समेत यसै सूचना द्वारा जानकारी गराईन्छ ।
क्र.स. संस्थाको नाम ठेगाना
१ श्री महेशमती दुग्ध उत्पादक सहकारी संस्था लि. थाक्रे –२
२ श्री जनउत्थान वचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ –३
३ श्री मा कल्याणी वचत तथा ऋण सहकारी संस्था लि फुलखर्क
४ श्री नवज्योती फलफुल तथा तरकारी स. सं.लि केवलपुर –८
५ श्री महालक्ष्मी कृषि वहु उद्देश्यीय सहकारी संस्था लि. वसेरी –५
६ श्री ज्वाला कृषि वहु उद्देश्यीय सहकारी संस्था लि. चैनपुर –८
७ श्री कार्कीडाडा कृषि सहकारी संस्था लि. वैरेनी –१
८ श्री सुकर्म कृषि सहकारी संस्था लि. वैरेनी –७
९ श्री धुनिवेशी कृषि वहु उद्देश्यीय सहकारी संस्था लि. नौविसे –३
१० श्री भरपर्दो कृषि सहकारी संस्था लि. जिवनपुर –६
११ श्री प्रयत्नशिल जडिवूटी उत्पादन सहकारी संस्था लि. नीलकण्ठ –३
१२ श्री रातामाटा कृषि सहकारी संस्था लि. मुलपानी –९

सहकारी अधिकृत